ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली, देउवा र प्रचण्डसँग कुलिङ पिरियड छानबिन समितिले लिएन सुझाव


abc news
१९ श्रावण २०८२, सोमबार   १२ : ५३   बजे

काठमाडौ १९ साउन । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले शीर्ष नेताको सुझाव लिने तयारी गरेको थियो । त्यसका निम्ति आवश्यक प्रश्न समेत बनाइएका थिए । तर, अन्तिमसम्म समिति शीर्ष नेताको सुझाव लिन असफल भएको छ ।

समितिको साउन ९ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउावसँग छलफल गर्नेबारे छलफल भएको थियो ।

तीन जना नेतालाई सोधिने दुई वटा प्रश्न तयार गरिएको थियो ।

पहिलो स् कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ ?

दोस्रो स् यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ ?

यी दुई प्रश्न सोध्ने र जे जवाफ दिन्छन् त्यो रेकर्ड गरेर प्रतिवेदनमा समावेश गर्ने तयारीमा समिति जुटेको भएता पनि सफल हुन सकेन ।

समितिका सभापति जीवन परियारका अनुसार शीर्ष नेताको सुझाव लिने विषय समितिमा उठेको थियो । तर, आधिकारिक निर्णय नै भने भएको थिएन । उनी भन्छन्, ‘हामीले त्यो लिने वा नलिने भन्ने बारेमा कुनै आधिकारिक निर्णय गरेका छैनौं ।’

सोधपुछ गर्दा शीर्ष नेता भएता पनि संसदीय समितिमै उपस्थित हुनुपर्ने वा उनीहरूको निवासमै गएर पनि सुझाव लिन सकिने विकल्पमा छलफल भएको थियो । तर, शीर्ष नेताको घरमै गएर सुझाव लिंदा हस्तक्षेप मागेको पर्न जाने भनेर समिति हच्कियो ।

‘अब हामीले समितिले सुझाव लिंदै गर्दा समितिमै बोलाएर लिने कुरा हो । कसैको घर–घरमा गएर लिन सान्दर्भिक हुँदैन । मलाई लाग्छ अब हामी त्यो तर्फ जाने काममा रहेनौं’, समितिका सभापति जीवन परियारले आइतबार अनलाइनखबरसँग भनेका थिए ।

संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद हिजो नै सकिएको छ । हिजोको बैठकको निरन्तरता भनेर आज बिहानै देखि बैठक जारी छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा प्रतिवेदन पेस गर्ने समितिको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group