ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले गर्‍यो हङकङमा संगठन विस्तार, संयोजक तोकिए झम गुरुङ


abc news
१९ श्रावण २०८२, सोमबार   १ : ११   बजे

काठमाडौ १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले हङकङमा संगठन विस्तार गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले स्थानीय संयोजकको रूपमा झमबहादुर गुरुङलाई जिम्मेवारी तोक्दै आफ्नो संगठन हङकङसम्म पुर्‍याएको हो।

सम्पर्क विभागका सचिव पदमराज पन्थीले नेपालखबरलाई जानकारी गराएअनुसार झमबहादुर गुरुङ संयोजक रहने गरी जिम्मेवार तोकिएको छ। उनको संयोजनमा अब छिट्टै तदर्थ समिति बन्छ।

यो सँगै हङकङमा रास्वपा चलायमान हुन थालेको छ। जसको परिणामस्वरुप हिजो ९आइतबार० हङकङवासी रास्वपा समर्थकले भेला आयोजना गरेका छन्।

जोर्डनस्थित लाखे रेस्टुरेन्टमा आयोजना गरिएको भेलामा पार्टी सभापति रवि लामिछानेप्रति भइरहेको ‘प्रतिशोधपूर्ण’ व्यवहारविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो।

शिवचन्द्र लिम्बू सहजकर्ता रहेको कार्यक्रममा अधिकांश वक्ताले रास्वपा रोज्नुपर्ने अवस्था, वर्तमान राजनीतिक परिस्थिति, रवि लामिछानेविरुद्ध भइरहेको ‘प्रतिशोधपूर्ण’ व्यवहार, पुराना पार्टीप्रति बढेको वितृष्णा, हाल आबद्ध पार्टी परित्याग गर्नुपर्नाका कारण लगायतका विषयमा बोलेको भेलाका एक सहभागीले जानकारी दिए।

हङकङ संयोजक झमबहादुर गुरुङले अब विकल्प रास्वपा भएकोले सबैलाई जोडिन आग्रह गर्दै कार्यक्रमको बिट मारेका थिए। बोल्ने क्रममा उनले आफू विगतमा एमालेमा रहेको र त्यहाँबाट परिवर्तन सम्भव नदेखेपछि रास्वपामा आएको सुनाए। साथै, सबैलाई मिसन ८४ मा सक्रियताका साथ लाग्न उनको आग्रह थियो।

संयोजक गुरुङले चाँडै नै ११ देखि २१ जनासम्मको कार्यसमिति गठन गर्ने पनि सहभागीलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group