ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा १२ को नतिजा: कसैले पनि ल्याएनन् ४ जीपीए


abc news
२० श्रावण २०८२, मंगलबार   ४ : १४   बजे

काठमाडौ २० साउन । यस वर्ष कक्षा १२ को परीक्षामा कसैले पनि जीपीए ४ ल्याउन नसकेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले यस वर्षको परीक्षाफल हिजो ९सोमबार० सार्वजनिक गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा( १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले यस वर्ष कुनै पनि विद्यार्थीको चार जीपीए नआएको जानकारी दिए। ‘यस वर्ष कसैले पनि फोर जीपीए ल्याएका छैनन्,’ शर्माले नेपालखबरसँग भने, ‘सबैभन्दा धेरै उत्कृष्ट गर्ने विद्यार्थीले जीपी ३।९६ सम्म मात्रै ल्याएका छन्।’

उनले ३।९६ जीपीए ल्याउने विद्यार्थी पनि धेरै नभएका बताए।

गएको असारमा सार्वजनिक एसईईको नतिजमा सातसय ७४ विद्यार्थीले जीपीए ४ ल्याएका थिए।

इँटाभट्टामा काम गर्दै पढेकी भक्तपुरकी गोमाले ल्याइन् एसईईमा ४ जीपीए
तर उत्तीर्ण प्रतिशतको आधारमा परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को यस वर्षको नतिजालाई पाँच वर्षयताकै उत्कृष्ट भनेको छ।

परीक्षामा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ जना सहभागी भएकोमा ६१ दशमलव १९ प्रतिशत अर्थात् २ लाख ४२ हजार ४६५ विद्यार्थी उत्तीर्ण भएका छन्। आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी सहभागी भएकोमा ३६ दशमलव १४ प्रतिशत अर्थात् ४१ हजार ८४० जना विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यस वर्ष परीक्षामा ५ लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ८४ हजार ३०५ जना विद्यार्थी उत्तीर्ण भएका हुन्।

नियमिततर्फ १ लाख ५३ हजार ८८२ जना र आंशिकतर्फ ७२ हजार ८०० विद्यार्थी ननग्रेड भएका बोर्डले जनाएको छ।

बोर्डका अनुसार १३ हजार ५०२ विद्यार्थीले ३।६ देखि माथिको जीपीए ल्याएका छन्।

नतिजा अनुसार २ दशमलव ८ देखि ३ दशमलव २ ल्याउने सबैभन्दा बढी विद्यार्थी छन्। यस वर्ष ९४ हजार २६८ जना विद्यार्थीले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन्।

२।४ देखि २ दशमलव ८ प्रतिशत ल्याएर ६९ हजार ८ सय १२ जना उत्तीर्ण भएका छन्। ३।२ देखि ३।६ जीपीए ५५ हजार ८९६ जना विद्यार्थीले ल्याएका छन्। २।१ देखि २ ।४ जीपीए ल्याउने विद्यार्थी संख्या ८ हजार ९६४ छन्। १।६ देखि २ जीपीए ल्याउने २३ जना विद्यार्थी छन्।

गत वर्ष ५२ प्रतिशत विद्यार्थी कक्षा १२ मा ग्रेडिङ भएका थिए। गत वर्ष ५२।९१ प्रतिशत उत्तीर्ण भएका थिए। यस वर्ष ९ अंकको सुधार आएर ६१ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group