ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी स्थायी समिति बैठकले पार्टीलाई एकताबद्ध पार्छ – उपमहासचिव पुन


abc news
२० श्रावण २०८२, मंगलबार   ४ : २८   बजे

काठमाडौ २० साउन । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन् ।

किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरमा पार्टी सम्बद्ध किसान संगठनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थायी समिति बैठकले पार्टीलाई एकताबद्ध गरेर जाने बताए । अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रुपमा दिएका अभिव्यक्तिलाई लिएर माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ आएको हो ।

उनले माओवादी नेताहरुले व्यवस्था परिवर्तनका लागि भएको १०औं हजारको बलिदान, लाखौं योद्धा र जनताको त्याग तथा समर्पणको जिम्मा लिनुपर्ने भन्दै आन्दोलनबाट कोही पनि भाग्न नपाउने उल्लेख गरे । युद्धमा बाँचेकाहरुले इतिहासको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

नेताहरुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे । ‘पार्टी स्थायी समितिको बैठक चलिरेको छ । हामी मर्यादित र जनवादी वातावणमा छलफल गर्छौं । पार्टीलाई एकताबद्ध गर्ने कोसिस गर्छौं । हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरु छौं । जति रिस उठे पनि दायाँबायाँ, अघिपछि जे गरे पनि हामी बाँचेकाहरुले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरुका सपनाको जिम्मा लिनुपर्छ । यसभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउँदैन,’ उनले भने, ‘मुलुकप्रति, परिवर्तनप्रति, जनताप्रति र इतिहासप्रति हाम्रो दायित्व छ । हामी अरु पार्टीका नेताहरुजस्तो हिँड्छु भनेर हिँड्न पाउने, बोल्छु भनेर बोल्न पाउने र गर्दिनँ भनेर गर्न नपाउने ठाउँमा छैनौं । किनकि हामी व्यवस्था बदल्ने संघर्षबाट आएका नेताहरु हौं ।’

उनले अध्यक्षसहित नेताहरु कमजोरी र आलोचनाभन्दा माथि नभए पनि आलोचना मैत्रीपूर्ण वातावरणमा नभए त्यसले रुपान्तरणमा सहयोग नगर्ने बताए । सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरुले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुन पार्टी नेतृत्व र कार्यकर्ता पंक्तिलाई उनले आग्रह गरे । ‘कसैले पनि हाम्रो त्याग, तपश्या र समर्पणप्रति चलखेल नगरोस् । पार्टीलाई कमजोर पार्ने प्रवृत्ति पार्टी बाहिरबाट नहोस् । त्यस प्रकारका प्रवृत्तिप्रति सबै सतर्क हुन जरुरी छ,’ उनले भने ।


यस्तै उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युगनायक भएको दाबी गरे । अनौपचारिक रुपमा विरोधी पार्टीका नेता र समाजले गणतन्त्र स्थापना र समावेशीता प्रचण्ड र माओवादीको नेतृत्वमा आएको स्वीकार गर्ने गरे पनि वर्गीय स्वार्थका कारण सार्वजनिक रुपमा भने स्वीकार्न नगर्ने अवस्था रहेको उनले उल्लेख गरे । ‘३ सय वर्ष पुरानो इतिहास भएको सामन्ती राजतन्त्र अन्त्य गर्ने युगान्तकारी आन्दोलनको नेतृत्व गर्नुभएको हाम्रो अध्यक्ष कमरेड प्रचण्ड युग परिवर्तनको नायक हो । कांग्रेस–एमालेजस्ता दलका नेता वर्गीय स्वार्थ र भोटको राजनीतिले गर्दा यो सत्य भन्न सक्दैनन् तर भोलि इतिहासले यो कुरा साबित गर्नेछ,’ उनले भने, ‘महिलाका, जनजातिका, मधेसका सुदूरपश्चिमका, कर्णालीलाई अधिकारसम्पन्न गराउने र ती समुदाय र क्षेत्रमा जागरण आएको कुरा गर्दा यो त माओवादीले गरेको हो भन्ने मानिसहरु धेरै छन् । राज्यका सबै संरचना हेरफेर कसले गरेको हो भन्दा माओवादीले भन्ने स्वीकार्छन् । यो उपलब्धिको फाइदा खान पनि तयार छन् । तर, माओवादीलाई नेतृत्व स्वीकार गर्दैनन् । किनकि यसमा सबैको आफ्नो वर्ग स्वार्थ छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group