ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाली कारागारभित्रको झडपमा मृत्यु भएका परिवारलाई पाँच लाख राहत दिइने


abc news
२६ श्रावण २०८२, सोमबार   ७ : १९   बजे

काठमाडौं, २६ साउन । कैलाली कारागारमा झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख राहत उपलब्ध गराउने भएको छ।

कैलाली कारागारभित्र २३ गते राति कैदीबन्दीहरूको दुई समूहबीच झडपमा परी एक जनाको निधन भएको थियो। ४७ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका थिए।

आइतबार बसेको सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय मृतक कैदीबन्दी भरत चौधरीको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले झडपमा घाइते भएका सम्पूर्ण ४७ जना कैद बन्दीको सम्पूर्ण उपचार खर्च सकारले बेहोर्ने निर्णय पनि गरेको छ।

बैठकपछि जारी वक्तव्यमा कारागारभित्र हेलोजन लाइट, सिसिटिभी क्यामेरा शीघ्र जडान गर्ने निर्णय गरिएको छ। त्यस्तै कारागारको छानालगायत आवश्यक मर्मतसम्भार कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरू गर्ने पनि उल्लेख छ।

कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि तत्काल आवश्यक पर्ने उपकरण तथा साधनहरू व्यवस्थापन गर्ने पनि निर्णय भएको छ।

कारागारभित्र सुरक्षा व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने, कारागारको क्षमता भन्दा झण्डै पाँच गुणा बढी कैदीबन्दी रहेको हुँदा उत्पन्न सुरक्षा चुनौनी न्यूनीकरण गर्न कारगारको क्षमताअनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने पनि निर्णय भएको छ।

कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी मार्फत निर्देशन दिने लगायत निर्णय भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group