ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली अस्वस्थ, संसदमा उपस्थित नहुने


abc news
४ भदौ २०८२, बुधबार   १ : ०५   बजे

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री–सांसदबिचको प्रश्नोत्तर कार्यक्रमलाई कार्यसूचीमा राखिएको थियो ।तर, प्रधानमन्त्री ओली अस्वस्थ भएकाले संसदमा उपस्थित नहुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी गराएका छन् ।

संसद बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री अस्वस्थ भएकाले संसद् बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

‘कार्यव्यवस्था बैठकमा एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’का लागि आज संसद बैठकमा आउन नसक्ने जानकारी गराउनुभएको छ,’ अधिकारीले भने ।

बुधबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन खोज्ने सत्तारुढ दलको कदमको प्रतिपक्षी दलले विरोध जनाउने भएका छन् ।

मंगलबार बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकको निर्णयअनुसार बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदले उपसभामुख रानामाथि महाभियोग लगाउने खोज्ने सत्तापक्षको प्रयासको कडा प्रतिवाद गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group