ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनबीच पुनः सहमति, नेपाललाई बेवास्ता


abc news
४ भदौ २०८२, बुधबार   ३ : ०४   बजे

काठमाडौ ४ भदौ । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै सीमा व्यापार गर्न पुनः सहमति गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा हिजो सहमति भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिको नवौं नम्बरमा दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी ३ वटा नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका उल्लेख छ ।

यसअघि २०७२ सालमा पनि भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेकबाट व्यापार गर्ने सहमति भएको थियो । त्यस बेला सहमतिप्रति आपत्ति जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो ।

तर भारतले सन् २०१९ मा जारी गरेको आफ्नो नयाँ नक्शामा कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय सीमाभित्र देखाएको छ । त्यसप्रति आपत्ति जनाउँदै वार्ताका लागि गरेको प्रस्तावमा भारतले बेवास्ता गरेपछि नेपालले पनि २०७७ सालको जेठमा लिम्पियाधुरासम्मको क्षेत्र समेटेर चुच्चे नक्शा जारी गरेको थियो । तर नेपालले अझै पनि अन्तर्राष्ट्रिय जगतलाई औपचारिक रूपमा नयाँ नक्शा पठाएको छैन ।

त्यही कारण चीनले सन् २०२३ मा जारी गरेको नयाँ नक्शामा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारततर्फ देखाएको छ ।

भारतले लिपुलेक नाका हुँदै तिब्बत जाने सडक बनाएको छ । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाने अन्तिम तयारी रहेकै बेला भारत र चीनले यस्तो सहमति गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu