ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलोपटक प्रकाशित गुरुङ भाषाको पत्रिका ‘तमू कए’ को लोकार्पण


abc tv
४ भदौ २०८२, बुधबार   ५ : ३९   बजे

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान स्थापनाको ६८ वर्षमा पहिलोपटक प्रकाशन भएको गुरूङ भाषाको पत्रिका ‘तमू कए’ लोकार्पण गरिएको छ ।

प्रज्ञा प्रतिष्ठान र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिमोचन गरेका हुन् ।

मन्त्री गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएको भन्दै यसको संरक्षणको अभियान घरबाटै सुरु गर्नुपर्ने बताए ।

बसाइँसराइका कारण जनजाति समुदायमा पनि गुरुङ समुदायको भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको भन्दै गुरुङ समुदायको मातृभाषा नै लोप हुने खतरा बढेकाले यसको संरक्षणमा चनाखो हुनैपर्ने स्थिति आएको बताए ।

उनले भने, “गाउँगाउँबाट र घरघरबाट भाषा संरक्षणको अभियान सुरु गर्न जरुरी छ । कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ । तमू भाषा संस्कृति
जोगाउने अभियान सुरु गरिहाल्नु पर्छ । नत्र भने हाम्रो पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जान्छ ।”

कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा,संस्कृति, कला र जीवनशैलीको दस्तावेजीकरण गर्ने कार्य हुँदै आएको बताए । साथै जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गरेको र त्यसमा गुरुङ समुदायको अत्यन्त न्यून उपस्थिति रहेको यथार्थ पनि उल्लेख गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताए ।

तमू कएु पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपिमा उतार्न निकै चुनौती खेप्नुपरेको अनुभव सुनाए ।

ढिलै भए पनि तमू समुदाय प्रज्ञाप्रतिष्ठानप्रति खुसी भएको उनले बताइन्। कार्यकारी सम्पादक गुरूङका अनुसार पत्रिकामा गुरूङ जातिको बसोबास रहेको गाउँको चिनारी, व्यक्ति चिनारी, गुरूङ जातिको रीतिरिवाज एवम् संस्कार, संस्कृति समेटिएको छ।

कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ, तमू ह्युल छोंज धिँ गुरुङ राष्टिय परिषदका अध्यक्ष धनमान गुरुङ, तमू बौद्ध सेवा समितिका अध्यक्ष नारायणबहादुर गुरुङ, प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान ढोर जस्पुर तनहुँका अध्यक्ष क्या. लालजंग गुरुङ, पूर्वआइजीपी हेमबहादुर गुरुङ, पूर्वजर्नेलहरु नवराज गुरुङ, अशोक गुरुङ, काठमाडौंमा रहेका तमू संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group