काठमाडौं, २१ चैत । प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएको लामो समयपछि राष्ट्रिय जनता पार्टी नेपाल राजपा संसदीय दलको विधान र नियमावली निर्माणमा जुटेको छ ।
प्रदेश र केन्द्रिय संसदका लागी पार्टीको संसदीय दलको विधान र नियमावलीको स्वरुपलाई टुङ्गो लगाउन बुधबार राजपा अध्यक्ष मण्डलको बैठक बसेको हो ।
त्यस्तै पार्टीभित्रको राजनीतिक समितिको बैठक बोलाउने बिषयमा पनि बैठक केन्द्रित रहेको राजपा अध्यक्ष मण्डका सदस्य अनिल झाले जानकारी दिनुभयो ।
पार्टीले राजनीतिक समितिको मिति तोक्ने र बैठकमा पार्टीभित्रको राजनीतिक एजेण्डामाथि छलफल हुने उहाको भनाई छ । त्यस्तै प्रदेश र केन्द्रमा संसंदीय अधिवेशन बोलाउने तयारी भएकाले त्यसमा अध्यक्ष मण्डलबाट राखिने निती तथा कार्यक्रम र अधिवेशनमा सांसदहरुको भूमिकाका बिषयमा पनि पार्टीले गृहकार्य गरेको उहाँको भनाई छ ।
रापजाले बिहीबार संसदीय दलको बैठक आह्वान गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्