ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिपुलेक नेपालको हो, कसैले खोस्न सक्दैन : सन्चार मन्त्री गुरुङ


एबीसी न्यूज
६ भदौ २०८२, शुक्रबार   १ : ३२   बजे

पोखरा ६ भदौ, । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनको स्पष्टीकरण छ ।

पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले नेपालको भूमि भारतले उपयोग पनि गर्दै आएको बताए । यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पनि प्रवक्ता गुरुङले बताए ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको स्वामित्वमा रहेको ठाउँ भएको तथ्य प्रमाण रहेको बताउँदै उनले भने, ‘दुई देशको व्यापारको नाउँमा करिडोर, सडक बनाउन पाउँदैन । यो विषय दुई देशको डिप्लोमेटिक चरणमा पुग्यो । अब डिप्लोमेटिक डायलगको माध्यमबाट समस्या समाधान गर्ने हो । लडाइँ लडेर प्राप्त गर्ने कुरा त हामीले कल्पनै गरेका छैनौं ।’

नेपालको निषेधित क्षेत्रभित्र व्यापारका लागि करिडोर बनाउने कुरा नेपालको चासोको विषय भएको उनले बताए ।

भारत र चीनले नेपालको भूमि लिपुलेकपासबाट व्यापार पुनस् सुरु गर्ने सहमति गरेपछि फेरि एक पटक विवाद सतहमा आएको भन्दै उनले यस विषयमा परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट जारी गरे राम्रो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu