ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकसँगको सम्झौता उल्लंघन भएको भन्दै महासंघको आन्दोलन घोषणा


एबीसी न्यूज
६ भदौ २०८२, शुक्रबार   १ : ३५   बजे

काठमाडौं ६ भदौ । शिक्षकहरुसँगको सहमतिबिनै संसदको शिक्षा समितिबाट शिक्षा विधेयक पारित भएपछि महासंघले सडक आन्दोलन घोषणा गरेको छ ।
संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघले आज पत्रकार सम्मेलन गरी भदौ ९ गते देखि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

महासंघकी सहअध्यक्ष नानु माया पराजुलीले भदौ ९ गते देखि २० गते सम्म सबै तहमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको जानकारी दिइन्।

‘२० गतेसम्म सरकारले वेवास्था गरे भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ,’ उनले भनिन्, ‘विरोध प्रदर्शन लगायतका कार्यकम ल्याउनेछौँ।’
महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने, भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने निर्णय गरेको छ।

भदौ १३ गते सबै पालिका र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने कार्यक्रम तय भएको महासंघले जनाएको छ।

समितिले बिहीबार विद्यालय शिक्षा विधेयक बहुमतले पारित गरेको थियो। प्रारम्भिक बाल कक्षा ईसीडी शिक्षकको सेवा सुविधा, निजी विद्यालयको छात्रवृत्तिमा सांसदहरू एकमत हुन नसक्दा बहुमतको आधारमा प्रतिवेदन पारित गरिएको हो।

महासंघले स्थायी भएका शिक्षकको बढुवा हुनु पर्ने, अस्थाई शिक्षकलाई स्थायी बनाउनु पर्ने, ईसीडीका सहजकर्तालाई शिक्षक मान्नु पर्ने, विद्यालय शिक्षकको सेवा सुविधा बढाउनु पर्ने लगाएतका माग विधेयकले नसमेटेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu