ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालसामु वामदेवले गरे जिम्मेवारी नपाएको गुनासो


abc news
९ भदौ २०८२, सोमबार   १ : ०४   बजे

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टी प्रवेशको दुई महिना हुन लाग्दा पनि जिम्मेवारी नपाएको गुनासो गरेका छन् । अध्यक्ष माधवकुमार नेपालसामु उनले आफूलाई जिम्मेवारी दिन आग्रह गरे ।
एकीकृत समाजवादी स्थापनाको चार वर्ष पुगेको अवसरमा सोमबार (भदौ ९) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले जिम्मेवारीका बारेमा सोध्न सधैँ कार्यालय आउने गरेको सुनाए ।

“दुई महिना कट्न लागेको छ । अहिले मेरो जिम्मेवारी विभागहरूको संयोजक किसिमको छ । हरेक दिन पार्टी अफिसमा आउँछु । कपी भए हस्ताक्षर गर्थें । तर, अध्यक्षलाई दिनहुँ आउँछ भन्ने थाहा थियो,” उनले भने ।

पार्टीमा चित्त बुझेन भनेर अन्यत्र जाने छुट आफूलाई नभएको बताए । “खुट्टा एक ठाउँमा टेकेको छैन, अर्कातिर जान खुट्टा उठाइसकेको छ भन्छन् । अहिले त्यो भन्न दिनेवाला म छैन,” उनले भने ।

उनले आफू जनताका बीचमा जान तयार भएको बताए । एकीकृत समाजवादीका नेता काठमाडौंमा बस्ने र तल्ला तहमा नजाने गरेको उनले उल्लेख गरे । उनले पार्टीमा नक्कली कम्युनिस्ट हुन सक्ने टिप्पणी पनि गरे ।

उनले तल्ला तहमा आफू नै जानुपर्ने हो कि भन्ने लागेको बताए । “म नै जानुपर्छ कि भन्ने लागेको हो । मसँग एउटा नेता त पक्कै हुनुहुन्छ,” उनले भने, “अब एकीकृत समाजवादीका नेताहरू जनताका बीचमा हुनेछन् ।”

पार्टीमा आफू निरन्तर लागिरहने उनले बताए । उनले भने, “एक दिन मरेँ भने तपाईंहरूकै काखमा मर्न पाऊँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबिच शिक्षण अस्पतालमा वार्ता

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu