ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्या भण्डारीलाई आफूले नै राजनीतिमा आउने बाटो खोलिदिएको प्रचण्डको दाबी


abc news
१२ भदौ २०८२, बिहिबार   ११ : १५   बजे

विराटनगर, १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफूले नै विद्या भण्डारीलाई राजनीतिमा आउने बाटो खोलिदिएको दाबी गरेका छन्।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको औचित्य समाप्त भएको नहुने स्पष्ट पारे। उनले अन्तर्राष्ट्रिय उदाहरण दिँदै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको बताए। ूसंविधानले, ऐनले, कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, उनले भने, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन। त्यसकारण यो खाली उत् तर्क मात्रै हो।

उनले राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने बताए। यस सन्दर्भमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र सक्रिय राजनीतिमा फर्कन चाहेको कुरा अब छर्लङ्ग भएको उनले उल्लेख गरे। चीन भ्रमणपछि विद्या भण्डारीलाई अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको तर पछि के भयो भन्ने आफूलाई थाहा नभएको प्रचण्डको भनाइ थियो। उनले विद्या भण्डारीको प्लान बी भन्ने कुरा हल्ला मात्र भएको र आफू र भण्डारीबिच अहिले कुनै सम्पर्क नरहेको बताए। आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएपछि पूर्वराष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खोलिदिएको दाबी गरे।

राजनीतिमा ल्याएपछि भण्डारीका लागि पनि बाटो खुलेको प्रचण्डको भनाइ छ। त्यस्तै भारत र चीनले लिपुलेक हुँदै व्यापार गर्ने गरी गरेको सम्झौताको विषयमा संवादबाट सिमानाको विवाद समाधान गर्नुपर्ने बताए। लिपुलेक, कालापानी सिमाना विवादका बारेमा आफू प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा वार्ताबाट समस्या समाधान गर्ने सहमति भएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group