रौतहट, २१ चैत । विद्युत चोरी गरेको आरोपमा वनपाले सहित १० जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
रौतहट जिल्लाको सिम्री इलाका वन कार्यालय मैढाको आवासमा विधुत चोरी गरेको आरोपमा वनपाले पूर्ण बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो भने सो वन कार्यालयका प्रमुख विमल प्रसाद चौधरी फरार रहेकको प्रहरीले बताएको छ ।
विजुलीको पोलबाट अंकुश र हँुक लगाएर वर्षौ देखि विधुत चोरी गर्दै लाखौको राजश्व छल्दै गरेको थाहा पाएर अनुगमनमा गएको बेला विधुत चोरी गर्दै गरेको अवस्थामा प्रहरीको सहयोगमा विधुत प्राधिकरणका कर्मचारीहरुले वनपाले सहित फरक फरक स्थानबाट १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सबै जना गुजरा नगरपालिकाका बासिन्दा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बताएको छ ।
जिल्ला वन कार्यालय रौतहटलाई बारम्वार बिजुलीको मिटर जडान गर्न पत्रचार गर्दा पनि त्यसलाई बेवास्था गर्दै आएका नेपाल विधुत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख शेख मक्सुद आलमले बताए ।
प्रतिक्रिया दिनुहोस्