ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसंगै भारत भ्रमणमा को-को जाँदैछन् ? (नामसहित)


admin
२१ चैत्र २०७४, बुधबार   ६ : ४३   बजे

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी ओलीसंगै चैत २३ गते भारत भ्रमणमा जाने ‘डेलिगेसन’ टोली ४२ देखि ५० जनासम्मको हुने भएको छ ।

भारत भ्रमणमा जाने टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, अन्य केही मन्त्रालयका सचिव, मिडियाका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायत गरेर ५० जनासम्मको हुने भएको हो ।

टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि सामिल छन् ।

यसअघि भ्रमण टोली बढीमा २५ जनाको हुने भनिएको थियो । प्रधानमन्त्री कार्यालयले नै बनाएको निर्देशिकामा आर्थिक मितव्ययिता कायम गर्न भन्दै उच्च स्तरीय भ्रमण टोली बढीमा २५ जनासम्मको हुने व्यवस्था गरिएको थियो।

तर, निर्देशिका विपरीत भ्रमण टोलीको सङ्ख्या बढ्ने देखिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा पर्न धेरैले ईच्छा राखेकाले यस्तो भएको हो । परराष्ट्र मन्त्रालयले भने उक्त टोलीमा बढीमा ४२ जनाको नाम मात्रै प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव गरेका नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि भ्रमण टोलीको टुङ्गो लाग्ने छ।

परराष्ट्र मन्त्रालयले प्रस्ताव गरेका नामहरु-

प्रधानमन्त्री केपी ओली

भौतिक योजना तथा पुनर्निर्माण मन्त्री रघुवीर महासेठ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

उद्योग मन्त्री मात्रिका यादव

सांसद नौ जना-

सांसद शरदसिंह भण्डारी

गणेशसिंह ठगुन्ना,

रामवीर मानन्धर

रामेश्वर यादव

विमलप्रसाद श्रीवास्तव

सीताराम महतो,

उमा रेग्मी

दिनानाथ शर्मा र शान्ता चौधरी रहेका छन् ।

मुख्यसचिव/सचिव-

मुख्यसचिव लोकदर्शन रेग्मी

परराष्ट्र सचिव शङ्करदास वैरागी

परराष्ट्र मन्त्रालयकै चिफ अफ प्रोटोकल दीपक अधिकारी

सचिव चन्द्रकुमार घिमिरे प्रधानमन्त्रीको भ्रमण टोलीमा भारत जाने छन् ।

सल्लाहकारहरु-

राजनीतिक सल्लाहकारमा विष्णु रिमाल, डा. राजन भट्टराई

प्रेश सल्लाहकार डा. कुन्दन अर्याल पनि भ्रमण टोलीमा परेका छन् ।

व्यापारीको समूह-

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित नौ जना व्यापारी पनि प्रमको भ्रमण टोलीमा परेका छन् ।

चेम्बरबाट अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष दीपक मल्होत्रा, इच्छाराज तामाङ तथा व्यापारीहरू नरेश श्रेष्ठ, भाष्करराज कर्णिकार, निरज राई, भिमलाल पौडेल, डा. अन्जान शाक्य र उर्मिला श्रेष्ठ रहेका छन् ।

यसबाहेक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घको टोली पनि सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group