ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख महरा र स्वीट्जरल्याण्डको राजदूतबिच शिष्टाचार भेटघाट


admin
२१ चैत्र २०७४, बुधबार   ७ : ०६   बजे

काठमाडौँ, २१ चैत । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेट गर्नुभएको छ ।

सभामुखको कार्यालय सिंहदरबारमा आज भएको भेटमा सभामुख महराले संसदीय सम्बन्धलाई प्रगाढ बनाउन दुई देशका संसद्बीच ‘फ्रेन्डसीप ग्रुप’ स्थापना गर्ने बारेमा पहल बढाउनुपर्ने बताउनुभयो ।

भेटघाटका क्रममा राजदूत क्यापेलरले सभामुखमा निर्वाचित भएकामा सभामुख कृष्णबहादुर महरालाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । सभामुख महराले लामो विद्रोहलाई शान्ति प्रक्रियामार्फत् टुङ्गोमा पु-याई देशको समृद्धिमा लागिरहेको बताउनुभयो ।

“शान्ति प्रक्रियाका धेरै काम टुङ्गिएका छन्, नयाँ संविधानको निर्माण भएको छ”–सभामुख महराले भन्नुभयो, “सबै तहका निर्वाचन सम्पन्न गरी देश विकासका लागि समृद्धिको यात्रामा छौँ ।” शान्ति प्रक्रियाको क्रममा स्वीट्जरल्याण्ड सरकारले राम्रो सहयोग गरेको भन्दै सभामुख महराले खुसी व्यक्त गर्नुभयो ।

सभामुखसँगको भेटमा राजदूत क्यापेलरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझै सुमधुर बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभएको सभामुखको सचिवालयले जनाएको छ । राजदूतले नेपालले शान्ति प्रक्रियालगायत संविधान निर्माणसम्म सफलतापूर्वक पूरा गरेकामा खुसी व्यक्त गर्नुभयो ।

भेटमा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group