ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमणले नेपाल भारतको सम्बन्ध अझै उचाइमा पुर्याउनेछ: प्रधानमन्त्री ओली


admin
२१ चैत्र २०७४, बुधबार   ७ : ३१   बजे

काठमाडौं, २१ चैत । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपाली नागरिकको हितमा केन्द्रित हुने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार एमाले पार्टी स्थायी समिति बैठकमा आफ्नो भारत भ्रमणबारे औपचारिक जानकारी गराउ“दै सो भ्रमण नेपाली नागरिकको हितमा केन्द्रित हुने बताउनुभएको हो ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणले मुलुकको आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण योगदान दिने धारणा राख्नु भएको एमालेका सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको आगामी शुक्रबार भारतको ३ दिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई अझै उचाईमा पु-याउने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको सचिव भट्टराईले बताउनु भयो ।

बैठकले माओवादी केन्द्रस“गको पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल गर्न आगामी बैशाख ६ गते पार्टी पोलिटव्यूरो बैठक र ७ गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा ठोस धारणा तय गर्न पार्टी पोलिटव्यूरो र केन्द्रिय समितिको बैठक बोलाउने निर्णय पनि गरिएको सचिव भट्टराईले बताउनु भयो ।

एमाले र माओवादी केन्द्रबीच आगामी बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर एकताको औपचारिक घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group