ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार जेनजीसँग झुक्ने तयारीमा, देउवाले प्रधानमन्त्रीसँग कुरा गर्ने


एबीसी न्यूज
२३ भदौ २०८२, सोमबार   २ : ०६   बजे

काठमाडौं २३ भदौ । सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।
पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जेनजीका कुरा सुन्न र सामाजिक सञ्जाल खोल्न सभापति देउवाको ध्यानाकर्षण गराएका हुन्।

सभापति देउवालाई सोमबार डेढ घन्टा बूढानीलकण्ठमा भेट्दै दुवै महामन्त्री थापा र शर्माले जेनजीले उठाएका कुरालाई गम्भीरतापूर्वक सुन्न र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी गर्न आग्रह गरेका हुन्।

जेनजी पुस्ताको भावना आत्मसाथ गर्न सरकार सकारात्मक रूपले प्रस्तुत हुनुपर्ने कुरा सभापति देउवालाई भेटेर भनिएको महामन्त्री शर्माले जानकारी दिए।

सरकारले गत बिहीबारदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको थियो।

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द हुँदा नागरिकहरूले अभिव्यक्त गर्ने प्लेटफर्म गुमाएका छन् भने व्यापार व्यवसायमा पनि यसको प्रभाव परेको छ।

जेनजी पुस्ताको भावना, विद्यार्थीलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग कुराकानी गर्न आमाबाबुलाई परेको अप्ठ्यारो, नजिकिएको चाडवार्ड, संगीत उद्योग, डिजिटल प्लेटफर्म माध्यमका सबै व्यवसायीलाई सामाजिक सञ्जाल बन्द गरिँदिँदा असर परेको महामन्त्रीद्वयले सभापति देउवालाई भनेका थिए।

सभापति देउवा सामाजिक सञ्जाल खोल्न सकारात्मक देखिएका छन्। महामन्त्रीद्वयले यसबारे प्रधानमन्त्रीलाई भेटेर कुरा गर्न सभापति देउवालाई आग्रह गरेका छन्।

‘म पहिला हाम्रा मन्त्रीजीहरूसँग कुरा गर्छु, त्यसपछि प्रधानमन्त्रीजीसँग कुरा गर्छु,’ सभापति देउवाले भनेका थिए। यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध भएको थियो।

शनिबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले सरकारले सामाजिक सञ्जाल दर्ता गर्न आउ भनेको बताएका थिए।

देउवाले भदौ २१ गते विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सामाजिक सञ्जाल दर्ता गर्ने कुरा भए पनि बन्द गर्ने कुरा नभएको बताएका थिए।

‘सामाजिक सञ्जाल बन्द गर भन्ने कुरा छैन। दर्ता गर भनेको हो, अदालतले पनि त्यही भनेको छ,’ सभापति देउवाको भनाइ थियो।

साथै दुवै महामन्त्री थापा र शर्माले ‘कूटनीतिक प्रक्रियामार्फत् सरकार स्वयं पनि तदारूक भएर सम्पर्क स्थापित गरी दर्ता प्रक्रियामा ल्याउन क्षमता प्रस्तुत गर्न सक्नुपर्ने’ कुरा पनि सभापति देउवासँग राखेका थिए।

जेनजीले काठमाडौं र अधिकांश प्रदेशका राजधानीहरूमा सोमबार सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu