बझाङ, २१ चैत। जिल्ला प्रहरी कार्यालय बझाङमा जवरवस्ती करणीका मुद्धा बढेका छन् । बझाङमा जवरजस्ती करणीका घटनाहरु बढ्दै गएपछि त्यसको न्युनिकरणको लागि बुधबार सरोकारवाला संग अन्तरक्रिया आयोजना गरिएको छ।
महिला अधिकारकर्मी, नागरिक समाज, सामुदायिक प्रहरी, महिला तथा बालबालिका सेवा केन्द्र र पत्रकारहरु बिच गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले जवरजस्ती करणीमा परेका पिडित महिलाहरुको पक्षमा प्रहरी र अदालतले न्याय दिलाउन ढिला सुस्ति गरेको भन्दै पिडितलाई न्याय दिन प्रहरीले सहयोग गर्नुपर्ने सुझाव दिए।
जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋिषिराम कडेलले प्रहरी कार्यालयमा उजुरि आउने गरेता पनि मिलापत्र गर्न खोज्ने प्रवितीले पिडितले न्याय पाउन समस्या भएको बताउनुभयो ।
बझाङमा पछिल्लो तीन वर्ष यता तीसवटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । त्यसमध्ये सत्ताईस वटाको कारबाहि प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय प्रमुख कडेलले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्