ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलका मेयर ह्विल चेयर बोकेर घरघर पुगेपछि (भिडीयो सहित)


sharan sharan
२१ चैत्र २०७४, बुधबार   ११ : ३६   बजे

बुटवल, २१ चैत्र ।
स्थानीयतहले सामाजिक सेवामा सक्रियता बढाएपछि बुटवल उपमहानगरको वार्ड नम्बर १ बासीले स्थानीयसरकारको अनुभुति गर्न थालेकाछन् । शारिरीक कमजोरी रहेका जेष्ठ नागरिकहरुलाई स्थानीयतहबाट चाडवाड खर्च देखि व्हिल चेयर सम्म प्राप्त भएपछि उनीहरुले स्थानीय तहमा आफ्नै सरकार आएको अनुभुति गरेकाहुन् ।
बृद्दता र अस्वस्थताका कारण घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका जेष्ठ नागरिकहरुलाई उपमहानगरपालिकाले ह्विल चेयर उपलब्ध गराएपछि बटवलका जेष्ठ नागरिकहरुको जनजिवन सहज हुने भएको छ । उपमहानगरको वार्ड नम्बर १ ले आफ्नो बजेटको केहि रकमबाट शारिरिक कमजोर रहेका जेष्ठ नागरिकहरुलाई ह्विल चेयर बितरण गरेको छ । मनभित्र आफन्त भेट्ने आकांक्षा रहेर पनि उमेर र अस्वस्थताका कारण घरबाट निस्कन नसक्ने जेष्ठ सदस्यहरुले ह्विल चेयर पाएपछि मख्ख परेकाछन् । ह्विल चेयर पाए संगै उनीहरुले नजिकको मन्दिर जान सहज भएको भन्दै स्थानीय सरकारलाई धन्यबाद दिएकाछन् ।
बुटवल उपमहानगरपालिका वार्ड नम्बर १ ले आफ्नो वार्ड भित्रका ४ जना जेष्ठ नागरिकलाई मंगलबार ह्विल चेयर बितरण गरेको थियो । एका बिहानै उपमहानगरका मेयर शिव सुबेदी सहितको टोलि चेयर बोकेर घरघर आए पछि स्थानीयबासी दंग परेका थिए ।
उपमहानगरले वडा नम्बर १ का १०३ बर्षिया सेती ल्क्ष्मी श्रेष्ठ, ९३ बर्षिया, भाग्यलक्ष्मी शाक्य, ८बर्षिय लोकबहदुर खनाल र ७१ बर्षिया शान्ति देबी कशौधनलाई ह्लि चेयर उपलब्ध गराएको छ । उपमहानगर जेष्ठ नागरिकरु प्रति उत्तरदायी रहेको र उनीहरुको दैनिक जिवनलाई सहज बनाउन हरदमतयार रहेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदी बताउंछन् ।
प्रत्यक नागरिकलाई वडाबाटै सेवा सुबिधा दिने राज्यको निति अनुरुप वडा कार्यालयले ह्विल चेयर बितरण गर्ने कार्यक्रम ल्याएको बुटवल उपमहानगर वडानम्बर १ का अडा अध्यक्ष महेन्द्र लिगलको भनाई छ ।
कतिपय स्थानीयतहबाट बिभिन्न बिबादीत निर्णयहरु आईरहेका बेला बुटवल उपमहानगरको वडा कार्यालयले जनताले अनुभुत गर्ने गरि ल्याएको कार्यक्रमले स्थानीयतहमा जनप्रतिनिधी हुनुको अनुभुति दिलाएको छ । अन्य स्थानीयतहले पनि यस्ता सकारात्मक कामको अनुशरण गर्ने कि ?

https://youtu.be/Cwd1C21owVg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group