ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रकै हत्या भएको भन्दै विद्यार्थी संघले माग्यो प्रधानमन्त्रीको राजीनामा


abc news
२४ भदौ २०८२, मंगलबार   ९ : ३३   बजे

काठमाडौ २४ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसकै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार राज्यले जेनजी आन्दोलनमा गरेको बर्बर हिंसालाई लोकतन्त्रकै हत्याको संज्ञा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।

विद्यार्थी संघले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो।

‘आन्दोलनरत निहत्था विद्यार्थीमाथिको बर्बर दमन, लोकतन्त्रको हत्या हो’, विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म बालबालिका र विद्यार्थीसमेत गरेर १९ जनाको ज्यान गएको र पत्रकारसहित कैयौँ घाइते भएको दुस्खद् खबरले स्तब्ध भएका छौँ। शान्ति(सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा विद्यार्थीमाथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा परिणत भएको सन्दर्भमा लोकतन्त्रको समेत हत्या भएको हाम्रो बुझाइ छ। तसर्थ यस घटनाको पूर्ण जिम्मेवारी लिँदै मन्त्रिपरिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन जोडदार माग गर्दछौँ। त्यसैगरी शान्तिपूर्ण तवरले सम्पन्न हुने भनिएको आजको प्रदर्शनमा घुसपैठ गर्ने, आन्दोलनलाई हिंसात्मक बनाउने, जोसुकैलाई कानुनको दायरामा ल्याउनसमेत जोडदार माग गर्दछौँ।’

यसैबीच दुस्खद् घटनाको संवेदनशीलतालाई ध्यानमा राखी संयुक्त विद्यार्थी संगठनले आज भदौ २४ गते विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्न माइतिघर मण्डलामा गर्ने भनिएको शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम हाल स्थगन गरिएको जानकारी पनि नेपाल विद्यार्थी संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu