ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजीको मृत्यु हुनुमा सरकार पूर्ण रुपमा जिम्मेवार – श्रेष्ठ


abc news
२४ भदौ २०८२, मंगलबार   ९ : ५१   बजे

काठमाडौ २४ भदौ । गैरआवासीय नेपाली संघ एनआरएनए० का अध्यक्ष महेश कुमार श्रेष्ठले जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु हुने गरी भएको घटनामा सरकार पूर्ण रुपमा जिम्मेवार रहेको बताएका छन्।


श्रेष्ठले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शान्तिपूर्ण आन्दोलनका क्रममा कलिला विद्यार्थीमाथि अत्यधिक बल प्रयोग हुनु दुःखद भएको बताएका छन्। शान्ति सुरक्षा कायम गर्ने अन्य वैकल्पिक उपाय हुँदाहुँदै पनि गोली प्रहार गरेर ठूलो संख्यामा युवाको ज्यान लिनु अमानवीय र निन्दनीय भएको उनको टिप्पणी छ ।

उनले भनेका छन्, यस दुखत घटनामा सरकार पूर्ण रुपमा जिम्मेवार देखिन्छ । विशेष गरी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरुले यस दुखत घटनाको जिम्मेवारी लिनै पर्नेहुन्छ ।

श्रेष्ठले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न आग्रह गर्दै जे–जीले उठाएका मागहरुलाई समयमा सम्बोधन गर्न सरकारसँग अपील गरेका छन्।

त्यस्तै, उनले घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, उनले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group