ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थिर सरकारको भारत भ्रमणमा उद्योगी व्यवसायी आशावादी


bhawani desk
२२ चैत्र २०७४, बिहिबार   ९ : २३   बजे

काठमाडौं, २२ चैत्र । भ्रमणमा कुनै नया सम्झौता नहुने भएपनि नेपाल भारतको सम्बन्धलाई बिस्तारको नया आयाम बन्न सक्ने देखिन्छ । संबिधान घोषणापछि भारतले लगाएको एक महिने नाकाबन्दीले सबन्धमा केही दरार उत्पन्न भएपनि पछिल्लो सयम भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा केही परिर्वन हुदै गएको आभाष हुन्छ । प्रधानमन्त्री ओलीलाई राष्ट्रियताको मुद्धामा अडिक व्यक्तित्वको रुपमा भारतले बुझिसकेको हुनाले पनि ओलीको भ्रमण फलदायी बनाउन भारतले भरपुर प्रयास गर्ने निश्चित छ ।
यता उद्योग व्यवसायीहरु प्रधानमन्त्री ओलीको भारत भ्रमण राजनीतिक भन्दा पनि आर्थिक एजेण्डाको बिषयमा छलफल हुन आवश्यक रहेको बताउछन । स्थिर सरकारले समेत समृद्ध नेपालको निमार्ण गर्ने भनिरहेको बेलामा व्यवसायीले भारतसंगको व्यापार घाटा कम गरी नेपालमा लगानी भित्र्याउनका लागि अनौपचारिक रुपमा पहन गर्नुपर्ने व्यवसायीहरुको सुझाब छ । राजेशकाजी श्रेष्ठ अध्यक्ष, नेपाल चेम्बर अफ कर्मसबिगतमा ९÷९ महिनामा सरकार परिवर्तन हुने, सरकार परिवर्तन हुने वित्तिकै भारतको भ्रमण हुनै पर्ने र भारतसंग गरिने सम्झौताहरु कान्र्यान्यन नहुने गरेको तितो यर्थाथता छ ।

तर, अब, नेपालको स्थिर र शक्तिशाली सरकार भएका कारण भारतले समेतसहमति र सम्झौताहरु पालना गर्नेमा विश्वास गर्न सकिन्छ । भारतको नाकाबन्दी पछि दुई देशबीचको सम्बन्ध बिग्रिएका कारण उद्योग व्यवसायीहरु समेत व्यवसाय गर्न असहजता भोग्नु परेको थियो । नाकावन्दी पछि बिग्रिएको सम्बन्ध सुधार गर्न भारत स्वयं आतुर भएका कारण व्यवसायीहरु अलिे बढी नै उत्साहित भएका छन् । अबको भ्रमण आर्थिक समृद्धिको लागि पर्यटन, उर्जा, व्यापार, नेपालमा भारतीय लगानी बढाउनुका साथै विगतका राष्ट्रहितमा रहेका सम्झौताहरु कान्र्यान्यन जोड दिनु पर्ने व्यवसायी बताउछन ।

नेपालमा वाम गठबन्धन सरकार बनेपछि नेपाल चीनसंगै नजिकिदै गएको भन्ने साउथ ब्लकको बुझाइ छ । यसैकारण नेपाललाई आफ्नो सुरक्षा छाताभन्दा बाहिर जान नदिन भारतले हरसम्भव प्रयास गर्न थालेको प्रष्टै हुन्छ । यसका लागि नेपाललाई फकाउनका लागि यसपटक भारत निकै उदार बन्न सक्छ ।

त्यसो त, बाम गठबन्धनले आफनो घोषणापत्रका नेपालमा १० लाख पर्टयन भित्राउने, रेल चलाउने,१० हजार मेगावाट जलबिद्युत उत्पादन, सिचाई, यातायात, हुलाकी राजमार्ग, पेट्रोलियम पाइप लगायत महत्वाकांक्षी बिकासका योजना सार्वजनिक गरिसकेको छ । त्यसैले अहिलेको भ्रमणमा प्रधानमन्त्रीका एजेन्डाभित्र नेपाल भारत व्यापार बिस्तारको लागि रेलवे, हुलाकी राजमार्ग, भन्सारदर ,व्यापारघाटाका बिषय भ्रमणको मुख्य एजेन्डा बनाउन उद्योगी व्यवसायीहरुले सुझाब दिएका छन् । https://www.youtube.com/watch?v=TcA70wJawMw&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group