ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड


एबीसी न्यूज
२ श्रावण २०८३, शनिबार   ९ : १०   बजे

कोलम्बो।नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबीच भेटवार्ता भएको छ ।

कोलम्बोस्थित जेभीपीको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटका क्रममा दुवै नेताबीच विश्व कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, दुबै देशको ऐतिहासिक अनुभव, समकालीन राजनीतिक चुनौती तथा भविष्यको सहकार्यका सम्भावनाबारे गहन विचार–विमर्श भएको थियो ।

यसका साथै भेटका क्रममा लागि नेपाली कम्युनिस्ट पार्टी र जनता विमुक्ति पेरामुनाबीचको आपसी सम्बन्धलाई अझ संस्थागत र सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

एसियामा रहेका समाजवादी तथा प्रगतिशील राजनीतिक शक्तिबीच वैचारिक, राजनीतिक र सांगठनिक सहकार्यलाई विस्तार गर्दै साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा दुवै नेताले जोड दिएका थिए ।

भेटवार्तामा कम्युनिस्ट आन्दोलनको साझा लक्ष्य समाजवादको स्थापना भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विकासतर्फ अघि बढ्न विभिन्न देशका वामपन्थी शक्तिहरूबीच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र निरन्तर सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सहमति व्यक्त गरिएको थियो ।

यसअघि ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन श्रीलंका पुगेका संयोजक प्रचण्डले सम्मेलनलाई सम्बोधन गरेका थिए ।

उक्त सम्बोधनमा संयोजक प्रचण्डले एसियाली समाजवादी शक्तिबीच व्यापक एकता, साम्राज्यवादविरुद्ध साझा प्रतिरोध तथा समाजवादको नयाँ राजनीतिक रूपरेखाको आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको कहरपछि प्रधानमन्त्री शाहले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

भोटेकोशीको बाढी त्रिशूलीतर्फ बढेपछि काठमाडौंमै रोकिए सवारीसाधन

सम्बन्धित

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

धितोपत्र तथा बीमा ऐनविपरीत कारोबार गरेको आरोपमा चार जना पक्राउ

रसुवाको बाढीले ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान (भिडियो)

वन तथा कृषि उद्यममा निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक

मनसुनको ६० दिनमा औसतभन्दा १० प्रतिशत कम वर्षा

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu