ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशीलालाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति, संसद् विघटनको एजेन्डामा विवादकायमै


एबीसी न्यूज
२७ भदौ २०८२, शुक्रबार   ४ : ५३   बजे

काठमाडौं २७ भदौ। राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनरत जेनजी समूहबाट अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न करिब सहमत भएका छन् । जेनजी समूहहरुमध्ये हामी नेपाली नामक संस्थाको अगुवाइमा अघि सारिएको संसद् विघटनको एजेन्डामा भने अझै सहमति नभएको हामी नेपाली समूहकै प्रमुख सुदन गुरुंगको अडियोबाट सार्वजनिक भएको छ ।

अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानको विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राती साढे १० बजेदेखि शुक्रबार बिहानसम्म वार्ता भएको थियो । ‘पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । तर, संसद् विघटको विषयमा भने विवाद कायमै छ’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘अन्तरिम सरकार र संसद् विघटनका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्ने विषयमा लामो छलफल भएको हो । संवैधानिक व्यवस्थाका विषयमा प्रश्न नउठोस् भनेर लामो छलफल भएको हो । राष्ट्रपति र पूर्वप्रधानन्यायाधीशबीच धेरै विषयमा समान धारणा छ । शुक्रबार फेरि छलफल हुन्छ, सायद सहमति पनि हुन्छ र नियुक्तिको प्रक्रिया अघि बढ्छ ।’

अब शुक्रबार विहान पुनः छलफल हुने बताइएको छ ।

भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन–जीहरूले सुरु गरेको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री हुने तय भएको हो ।बिहीबार रातिदेखि शीतल निवासमा सुरु छलफल शुक्रबार बिहान उज्यालो हुने बेलासम्मै चलेको थियो । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश कार्कीसहित सफल कानुनविद् ओमप्रकाश अर्याल सहभागी थिए ।

नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा यसबीचमा राष्ट्रपतिले संविधानविद्का अलावा सभामुख देवराज घिमिरे र केही प्रमुख नेताहरूसँग छलफल गरेका थिए । कोहीसँग टेलिफोनमा त कोहीसँग राष्ट्रपतिले प्रत्यक्ष भेटेर नयाँ सरकार प्रमुखको नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार सभामुख घिमिरेका अलावा माओवादी नेता वर्षामान पुन पनि राति नै छलफलका लागि शीतल निवास पुगेका थिए । पुनमार्फत नै राष्ट्रपति पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार राति नै शीतल निवासमा थप छलफलका लागि कांग्रेस नेता रमेश लेखक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेको बताइएको छ ।

जेन–जीले सोमबार गरेको प्रदर्शनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा धेरै घाइते भएका थिए । मृत्यु हुनेको संख्या अहिले ३४ पुगिसकेको छ । आन्दोलन र प्रदर्शनका क्रममा संसद् भवनदेखि सिंहदरबारसम्म र शीतल निवासदेखि सर्वोच्च अदालत र दर्जनौं निजी कम्पनी, होटल र सार्वजनिक संरचनामा क्षति पुगेको छ ।
यतिबेला नेपालको राजनीतिक विकासक्रमका बारेमा राष्ट्रिय रुपमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा समेत चासोपूर्वक छलफल र चिन्ता व्यक्त भइरहेको छ । पछिल्लो समयका विभिन्न हल्लाका बीच उदार लोकतन्त्र र खुलापन जस्ता लोकतन्त्रका आधारभूत मान्यता नै हल्लने सन्त्रासले झनै चिन्ता बढाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group