ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रालयका मन्त्री चढ्ने दुईसहित ४४ गाडी ध्वस्त


एबीसी न्यूज
२९ भदौ २०८२, आइतबार   ५ : ५२   बजे

काठमाडौं २९ भदौ । भदौ २३ र २४ गतेको ुजेनजीु प्रदर्शनका क्रममा अर्थ मन्त्रालयका ४४ वटा गाडी जलाइएको छ । जसमा अर्थमन्त्री चढ्ने दुईसहित १६ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ३३ वटामा भने आंशिक क्षति भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूका गाडी, मोटरसाइकल र स्कुटर जलेका छन् । मन्त्रालय भवनमा क्षति नभएको भए पनि बजेट महाशाखाको टहरा भने जलेको छ । बजेट महाशाखा टहराका १२ वटा कोठा र एउटा हलमा भएका सम्पूर्ण जिन्सी सामग्री जलेर नष्ट भएको छ । यही टहरामा स्टोर रहेकोले त्यो पनि जलेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले बताएका छन् ।

“अर्थको बजेट महाशाखा भएको टहरा जलेको छ । त्यसमा भएका फाइलहरू सबै नष्ट भएका छन्,” पाण्डेयले भने, “मन्त्रालयको भवन सुरक्षित नै छ । पार्किङमा भएका गाडी, मोटरसाइकल र स्कुटर जलेका छन् । केहीमा भने आंशिक क्षति छ ।”

३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर जलेर नष्ट भएका छन् । देशका विभिन्न स्थानमा रहेका १५ आन्तरिक राजस्व कार्यालयमा पूर्ण क्षति भएको छ । त्यसैगरी चार भन्सार कार्यालयमा पनि पूर्ण क्षति भएको छ । पाँच राजस्व कार्यालय र चारवटा भन्सार कार्यालयमा आंशिक क्षति भएको पाण्डेय बताउँछन् ।

यसरी पूर्ण क्षति हुने आन्तरिक राजस्व कार्यालयमा दमक, इटरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौँडा, वीरजञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा छन् । कृष्णनगर, धुलिखेल, इलाम सेवा कार्यालय र सिन्धुलीमा भने आंशिक क्षति भएको छ । यी आन्तरिक राजस्व कार्यालयमा तोडफोड गरेकाले कर्मचारी र कार्यालय प्रमुख मानसिक रूपमा कमजोर भएको पनि बताइएको छ ।

विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको पाण्डेयले बताए । यी कार्यालयबाट हाल सेवा सुरु भइसकेको उनी बताउँछन् ।

जेनजीको प्रदर्शनका क्रममा संसद् भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय जलेर पूर्ण रूपमा क्षति भएको छ । यीबाहेक अन्य मन्त्रालयमा पार्किङ गरिएका गाडी, मोटरसाइकल र स्कुटर जलाइएको छ । कुनै–कुनै मन्त्रालयको भवनमा नै आंशिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group