ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्क साम्पाङ पत्रकार सम्मेलनमै रोएः मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ


एबीसी न्यूज
३१ भदौ २०८२, मंगलबार   ३ : १९   बजे

काठमाडौं ३१ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई) मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र आफूले भोगेका अनुभव सुनाउँदा रुन पुगेका छन् ।

जेनजी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहर मात्र नभई वर्षौँदेखि बनेको ठूलो राजनीतिक डिजाइन भएको बताएका छन् । ‘प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय रहेछ,’ साम्पाङले भने, ‘यो आन्दोलन सुशासन वा सोसल मिडियाकै लागि मात्रै नभएको पाएँ।’

साम्पाङले आफूले देशकै लागि जोखिम मोलेको भन्दै आफूलाई गोली लाग्न सक्छ भन्ने थाहा हुँदा हुँदै पनि लागे लागोस् भन्ने अवस्थामा आफू जेनजीको मागको आधारमा काठमाडौँ गएको बताए।

आन्दोलनको दिन २३ र २४ गते हर्क धरानमा थिए। २५ गते उनी बिहानै काठमाडौँ गएका थिए। उनले भने, ‘यो देश रह्यो भने मात्र हामी रहन्छौँ भन्ने भावनाले म जङ्गी अड्डासम्म पुगेको थिएँ।’

उनले आरोप लगाउँदै भने, ‘प्रधानमन्त्री बन्ने, मन्त्री बन्नेहरूको नाम त पहिले नै तयार रहेछ। दूतावास धाउनु पर्ने रहेछ, तर म गइनँ। त्यसैले मलाई क्याबिनेटमा राख्न सकिँदैन भन्ने निर्णय त्यहाँबाट आयो। मलाई दिएनन्।’

साम्पाङले आफू कुनै शक्तिकेन्द्रको गोटी नभएको स्पष्ट पारे। उनले भने, ‘विदेशीले रिमोटबाट चलाउने देश हुँदैन भनेको मान्छे म नै हुँ। बिकाउ भएर होइन, आँट गरेर देशको लागि हिँडेको मान्छे हुँ।’

साम्पाङका अनुसार जेनजी पुस्ताले देश बालेन शाह वा हर्क साम्पाङले चलाउनुपर्ने माग राखेका थिए। एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई ल्याएर देश सुम्पिएको भन्दै उनले देश चलाउने जिम्मा युवाले लिनुपर्ने आवाज आएको भए पनि त्यसको सुनुवाइ नै नभएको बताए ।

साम्पाङले अहिलेको व्यवस्थाले देशलाई विदेशी शक्तिकेन्द्रहरूको हातमा थुपारेको भन्दै समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलाई विकल्पका रूपमा प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu