ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नख्खु कारागारबाट भागेका कैदीले करेसामा गाडेका थिए श्रीमतीको शव


एबीसी न्यूज
५ आश्विन २०८२, आइतबार   ७ : ४३   बजे

काठमाडौं, ५ असोज । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएर घर पुगेका एक कैदीले श्रीमतीको हत्या गरी करेसामा शव गाडेको पाइएको छ ।

पनौती नगरपालिका-१२ कलाँतीको गागलका ३६ वर्षीया सन्तबहादुर तामाङले ३० वर्षकी श्रीमती मनिषा घ्यावा तामाङ ९जमुना० को हत्या गरेका थिए । हत्यापछि घरको पछाडि करेसामा मनिषाको शव गाडिएको अवस्थामा फेला परेको काभ्रेका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट फरार भएकै दिन २४ भदौमा सन्त पनि कारागारबाट फरार भएका थिए । शाहका अनुसार सन्तले ३ असोजका दिन मनिषाको हत्या गरेर घर पछाडिको करेसामा गाडेका थिए ।

३ असोजदेखि दुवै जना हराए भनेर सन्तका भाइले त्यसको भोलिपल्ट प्रहरीमा उजुरी गरेका थिए ।

उनीहरू हराएपछि खानीखोला गाउँपालिका ७ मिल्चेबाट मनिषाका माइती पक्ष आएर खोजतलास गरेका थिए । खोज्दै जाने क्रममा मनिषाका दाइ वीरबहादुरले मनिषाले लगाएको चप्पल भेटेका थिए । त्यसपछि भने घर वरिपरि नै प्राथमिकतामा राखेर मनिषाको खोजी सुरु गरिएको थियो ।

‘मनिषाको माइती पक्षले घरवरपर खोजतलास गर्ने क्रममा चप्पल भेटेको थियो । चप्पलकै आधारमा खोज्दै जाने क्रममा आलो माटो खनेको ठाउँ भेटिएपछि कोट्याएर हेर्ने क्रममा घुँडा भेटिएको थियो,’ वडा अध्यक्ष जयराम केसीले भने, ‘पूरै खन्दा मनिषाको शव भेटिएको हो ।’

मनिषाको शवलाई उत्खनन गरेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शाहले जानकारी दिए ।

‘उनको शव पोस्टमार्टमका लागि धुलिखेल ल्याइएको छ। श्रीमान श्रीमतीबीचमा झगडा भएको भन्ने बुझिन्छ, हत्याको बारेमा थप अनुसन्धान भइरहेको छ,’ शाहले भने, ‘अनुसन्धानका लागि परिवारसँग सोधपुछ गर्ने काम भइरहेको छ।’

श्रीमतीको हत्यापछि सन्तबहादुर भने फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

जर्बजस्तीकरणी उद्योगमा ३ वर्ष कैद सजाय भुक्तान गरिरहेका तामाङको कैद अवधि समाप्त हुन एक महिना मात्रै बाँकी थियो । मृतकका ११ वर्षीय छोरा र ३ वर्षीय छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group