ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप २०२५ः भारतसँग पाकिस्तान ६ विकेटले पराजित


एबीसी न्यूज
६ आश्विन २०८२, सोमबार   ६ : ५६   बजे

काठमाडौं, ६ असोज । एसिया कप २०२५ को सुपरफोर अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।

जवाफि ब्याटिङमा उत्रिएको भारतले चार विकेट गुमाउँदै १८।५ ओभरमा १७४ रनसहित लक्ष्य पुरा गरेको हो।

शुभमन र अभिषेकको शतकीय साझेदारीले भारतलाई सहज

भारतका लागि ओपनर ब्याटर अभिषेक शर्माले सर्वाधिक ७४ रनको पारी खेले। उनले ३९ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। अभिषेक र अर्का ओपनर शुभ्मन गिलले पहिलो विकेटका लागि १०५ रनको शतकीय साझेदारी गर्दै पाकिस्तानबाट खेल खोसेका थिए।

पहिलो इनिङमा शुभ्मन गिल, अभिषेक शर्मा, कुलदिप यादव जस्ता महत्वपूर्ण खेलाडीबाट क्याच ड्रप भएको थियो।

दोस्रो इनिङमा ब्याटिङ गरेको भारतका खेलाडी र पाकिस्तानका खेलाडी बीच केही भनाभनको अवस्था पनि मैदानमा देखियो। अभिषेक शर्मा र हरिश रौफ केही भनाभनको अवस्था हुँदा रेफ्रीले नै गएर उनीहरूलाई छुटाउनु परेको थियो।

पहिलो ओभरमा केही क्याच ड्रप भएको भरपाई भारतका ओपनरद्वयले पूरा गरे। कप्तान सूर्यकुमार यादव भने डकआउट भए। सन्जु सानसन १३ रनमा बोल्ड भए। तिलक बर्मा ३० रनमा र हार्दिक पाण्ड्या ७ रनमा अविजित रहे।

पाकिस्तानका लागि बलिङतर्फ हरिश रौफले सर्वाधिक दुई विकेट लिए । उनले पाकिस्तानको बलिङ केही हदसम्म टाइट राख्न खोजे पनि अन्य बलरको भने खासै राम्रो बलिङ देखिएन। अबार अहमद र फहिम अशरफले १(१ विकेट लिए।

साहिबजादाको ुफायरिङु सेलिब्रेसन

यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ब्याटर सहिबजादा फरहानले सर्वाधिक ५८ रन बनाए । उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले अर्धशतक प्रहार गर्दा उनको सेलिब्रेसन निकै रोमान्चक बनेको थियो। उनले ब्याटलाई गन ९बन्दुक० को संज्ञा दिँदै ुफायरिङु पोजिसनमा सेलिब्रेट गरेका थिए।लगिि

अन्य ब्याटरमा फकर जमानले १५ रन, सैम अयुबले २१ रन, हुसेन तलातले १० रन, मोहम्मद नवाजले २१ रन बनाउँदा कप्तान सलमान आघा, १७ र फहीम अशरफ २० रनमा अविजित रहे।

१० ओभरमा १ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको पाकिस्तानले मिडल ओभरमा भने ब्याट घुमाउन सकेन। मिडल अर्डरमा ब्याटिङ सुस्त हुँदा पाकिस्तानले सोचे अनुरूपको ब्याटिङ प्रदर्शन गर्न सकेन। १८।४ ओभरमा १५० रनको दुरी पार गरेको पाकिस्तानका लागि फहीम असरफले आठ बलमा एक चौका र दुई छक्का सहित आक्रमक पारी खेले। जसको फलस्वरूप पाकिस्तानले १७१ सम्म स्कोर पुर्‍यायो।

भारतका लागि बलिङतर्फ शिवम दुबेले २ विकेट लिए। हार्दिक पाण्ड्या र कुलदिप यादवले १(१ विकेट लिए। सुपर फोर अन्तर्गत आज कुनै पनि खेल छैनन्। मंगलबार सुपरफरको तेस्रो खेल पाकिस्तान र श्रीलंकाबिच हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group