ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ सदस्यीयमन्त्रिपरिषद्मा प्रधानमन्त्री मात्रै एकजना महिला, वरियता यस्तो छ


एबीसी न्यूज
६ आश्विन २०८२, सोमबार   ९ : ०३   बजे

काठमाडौं ६ असोज । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएर ८ सदस्यी भएको छ । प्रम कार्कीले १० देखि ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने बताएकी थिइन् । नेपालको संविधानले हरेकक्षेत्रमा समावेशी बनाउनु पर्ने भन्दै महिलाहरुको कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व हुनु पर्ने भनिए पनि कार्कीको मन्त्रिपरिषद्मा उनी मात्रै एक्ली महिला छन् भने बाँकी ७ जना पुरुष छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास र जगदीश खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको शपथ लिएका छन् ।
यस क्रममा राष्ट्रपतिले प्रधानमन्त्री कार्कीको सिफारिसमा जिम्मेवारी हेरफेर तथा थपघट पनि गरेका छन्।

यसअघि नै नियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ भने गृहमन्त्री ओमप्रकश अर्यालले सम्हालिरहेको कानुन मन्त्रालय नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ। योसँगै सिन्हाले ३ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कुलमान घिसिङको जिम्मेवारीमा भने पहिलेकै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी ३ मन्त्रालय छन्।

मन्त्रिपरिषद् विस्तारसँगै ७ मन्त्रीको वरीयता पनि निर्धारण गरिएको छ। जसअनुसार प्रधानमन्त्री कार्कीपछि क्रमशः खनाल, घिसिङ, अर्याल, सिन्हा, पुन, परियार र खरेल छन्।
जातिय हिसाबले बाहुन–क्षेत्रीमा प्रम कार्की सहित अर्थमन्त्री खनाल, गृहमन्त्री अर्याल र सन्चारमन्त्री खरेल ४ जना छन् भने जनजातिमा उजर्ममन्त्री घिसिंग र शिक्षा मन्त्री पुन २ जना छन् भने मधेशीमा कानुनमन्त्री सिन्हा र दलित जातिबाट कृर्षिमन्त्री परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा जरुरी प्रस्तावमाथि छलफल

देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu