ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानलाई हराउँदै भारतले नवौँपटक जित्यो एसिया कप


एबीसी न्यूज
१३ आश्विन २०८२, सोमबार   ७ : ५६   बजे

काठमाडौं, १३ असोज । पाकिस्तानलाई हराउँदै भारतले नवौँपटक एसिया कपको उपाधि जितेको छ।गएराति भएको एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले जित्दै भारतले उपाधि हात पारेको हो।
भारतले यसअघि सन् १९८४, १९८८, १९९०–९१, १०९५, २०१०, २०१६, २०१८ र २०२३ मा पनि एसिया कपको उपाधि जितेको थियो।पाकिस्तानले दिएको १ सय ४७ रनको लक्ष्य भारतले २ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।
भारतका लागि तिलक बर्माले ६९ रनको अविजित पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

भारत एक समय ४ ओभरमा ३–२० को अवस्थामा थियो। चौथो विकेटका लागि सञ्जु सामसन र तिलकले ५७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। सञ्जु सामसनले २४ रन थपे। रिंकु सिंह २ रनमा नटआउट रहे। शिवम दुवेले ३३ तथा शुभमन गिल १२ रन बनाउँदै पेभेलियन फर्के।पाकिस्तानका लागि फहिक असरफले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि दुवई क्रिकेट रगंशालाामा भारतले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको पाकिस्तानले १९।१ ओभरमा १ सय ४६ रन बनाउँदा अलआउट भयो।पहिलो विकेटका लागि ओपनर जाहिबजादा फरान र फखर जमानले ८४ रनका उत्कृष्ट साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए।

ओपनर जाहिबजादा फरानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। फखर ४६ रनका आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका सैम अयुबले १४ रन थपे।त्यसपछि पाकिस्तानको ब्याटिङ लाइन ध्वस्त हुँदा विशाल योगफल बनाउने सुन्दर मौका टोलीले गुमायो। पाकिस्तानका ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। भारतका लागि कुलदिप यादवले ४ विकेट लिए। जसप्रित बुमराह, वरुण चक्रवती र अक्षर पटेलले समान २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu