ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठायो


एबीसी न्यूज
२१ आश्विन २०८२, मंगलबार   ५ : १६   बजे

काठमाडौं, २१ असोज । प्रदर्शनमा अस्वभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखी जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरिरहेका छन् । प्रहरीले जाहेरी दर्ता नगरेपछि सोमबार राती परिसरको स्थिति तनावपूर्ण बनेको थियो ।

मंगलबार दिनभर पनि उनीहरुले जाहेरी दर्ता गर्न प्रयास गरे । अन्ततः प्रहरीले जाहेरी लिएर त्यसलाई गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाउने भएको छ । सोमबार नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले दिने जाहेरी र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितीका वारेमा सुरक्षा अधिकारीहरु र सरकारका प्रतिनिधिहरुबीच पटकपटक छलफल भएको थियो । घटनाको दोषी कारबाहीको दायरामा आउनुपर्नेमा सरकारी अधिकारीहरु एकमत भएपनि निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ नै गरिहाल्ने मनस्थितमा सरकारी अधिकारीहरु नै छैनन् । केही कानूनी अवस्था र परिस्थितीले उनीहरुलाई ‘पर्ख र हेर’को अवस्थामा पुर्‍याएको छ । भदौ २३ र २४ गतेको घटनामाथि अनुसन्धान गर्न सरकारले नै पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको परिस्थितीमा समानान्तर रुपमा अनुसन्धान अघि बढाउन प्रहरी हिच्किचाएको छ । ५ असोजमा राजपत्रमा प्रकाशित जाँचबुझ आयोगको क्षेत्राधिकारमा ‘भदौ २३ र २४ गते भएको भौतिक र मानवीय क्षतिको छानविन गर्ने’ कार्यादेश तोकिएको छ । आयोगले घटनाको जाँचबुझ गरी राय सहितको प्रतिवेदन बुझाउनुपर्नेछ । र, संलग्नहरुमाथि कारवाहीको राय समेत दिनुपर्नेछ । आयोगले काम शुरु गरेको अवस्थामा त्यही प्रकृतिको काम अघि बढाउन निवेदन ग्रहण गर्दा दोहोरोपना हुने भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेको देखिन्छ । अर्कोतर्फ पूर्वन्यायाधीशको नेतृत्वमा आयोगले जाँचबुझ अघि बढाउन जति सहज छ, त्यसको तुलनामा प्रहरीलाई राजनीतिक नेतृत्वमाथि अनुसन्धान अघि बढाउन उति नै गाह्रो पनि छ ।

कुनै दशी र अकाट्य प्रमाणविना जाहेरीको भरमा पक्राउ पर्दा भोलि एउटा पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिने र समाजमा द्वन्द्वको अवस्था आउनसक्ने कतिपयको आँकलन छ । हुन पनि जेन–जी आन्दोलनकारीले किटानी जाहेरी दिने वित्तिकै एमाले समर्थित अनेरास्ववियूका कार्यकर्ताहरुले काठमाडौंका महानगरपालिका मेयर बालेन शाह र हामी नेपालीका संस्थापक सुधन गुरुङ विरुद्ध किटानी जाहेरी दिन प्रहरी परिसर पुगेका छन् ।

व्यक्ति पक्राउ हुने तहको कुनै प्रमाण नहुने तर एउटा पक्षले अर्कोविरुद्ध जाहेरी दिएर पक्राउको दवाव दिदा शान्तिसुरक्षामा चुनौती हुने भन्दै कतिपयले पक्राउको तहमा नपुग्न गृहमन्त्री लगायतहरुलाई सुझाव दिएका हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरिहाले पनि त्यसलगत्तै सरकारले कानुनी चुनौती सामना गर्नुपर्ने देखिन्छ । अहिले बल प्रयोग गर्न निर्देशन दिएका आधारमा मात्रै फौजदारी अभियोग लाग्ने कानुनी व्यवस्था छैन ।

त्यसका साथसाथै अहिलेसम्म प्रदर्शनकारीहरुलाई दमन गर्नु र गोली चलाउनु भनेर प्रधानमन्त्री ओलीले निर्देशन दिएको पुष्टि हुने प्रमाण सार्वजनिक भइसकेको छैन । कम्तिमा पनि जाँचबुझ आयोगले गोली चलाउने सुरक्षाकर्मीहरुसँग बयान गरेर त्यसका आधारमा चेन–अफ–कमाण्डमा रहेकाहरुको पहिचान गर्नुपर्नेछ ।

त्यति नगुरुञ्जेल ओली र लेखकलाई पक्राउ गर्नु जति सहज हो, व्यक्तिहत्याको अभियोगमा जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाउनु त्यो भन्दा जटिल काम हो । दुवैजना पक्राउ पर्दा उनीहरुको निर्देशन पालना गर्ने गृहसचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालदेखि प्रहरी प्रमुखसम्म पक्राउ पर्ने अवस्था आउनसक्छ । दुवैजनालाई पक्राउ गर्दा राजनीतक वृत्तबाट प्रतिशोधको कदम भनी सरकारको आलोचना हुने जोखिम हुन्छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गरिने धरपडकले राजनीतिक प्रतिशोधको आरोप सामना गर्नुपर्ने हुन्छ । पर्याप्त प्रमाणसहितका फौजदारी अनुसन्धान बाहेकका धरपकडले थप जटिलता आउने र दुई पक्षविच झडप हुनसक्ने भएकाले पनि सरकार केही संयमित बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group