ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपुर थिमि नगरपालिका: सहकारी ऋणी र कर्मचारीलाई तत्काल सम्पर्क गर्न आह्वान


एबीसी न्यूज
२२ आश्विन २०८२, बुधबार   ९ : २२   बजे

भक्तपुर, – मध्यपुर थिमि नगरपालिका वडा नं. ३ स्थित समस्याग्रस्त कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि. सम्बन्धमा नगर कार्यपालिकाले अति जरुरी सूचना प्रकाशित गरेको छ। सहकारी संस्थाबाट ऋण लिनु भएका व्यक्तिहरू र कम्पनीहरूले आफ्नो ऋण दायित्व राफसाफ गर्न तत्काल समिति कार्यालयमा सम्पर्क गर्नुपर्ने भनिएको छ।

नगर कार्यपालिकाले जारी गरेको सूचनामा भनिएको छ कि उक्त सहकारी संस्थाबाट कर्जा लिनु भएका ऋणीहरूले आफ्नो कर्जा/ऋण र तदनुसारका व्याज वा हर्जाना अझै भुक्तानी नगरेको छ। समितिको हालसम्मको सूक्ष्म अध्ययन र छानबिन अनुसन्धान अनुसार, ऋणीहरूसँगै सहकारीका तत्कालीन व्यवस्थापक, पदाधिकारी र कर्मचारीहरू पनि कानूनी दायित्वबाट मुक्त हुन सक्ने अवस्था छैन।

समितिले सबै ऋणीहरूलाई आह्वान गर्दै भनेको छ कि आफ्नो वा आफ्नो कम्पनीको नाममा लिएको सबै कर्जा/ऋणको दायित्व अवश्य राफसाफ गर्नुहोस्। साथै, तत्कालीन समयमा सहकारीमा कार्यरत वा बहाल रहेका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरूले पनि यस सम्बन्धमा समितिसँग सम्पर्क गरी आवश्यक जानकारी दिनु अनिवार्य रहेको छ।

सूचना प्रकाशित मितिबाट १५ दिनभित्र कार्यालय खुलेको समयमा फोन सम्पर्क गरी उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ। समयमै अनुपालन नगरेमा प्रचलित कानूनअनुसार कारबाही अगाडि बढाइने चेतावनी पनि जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu