ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिस्कर्डमा हिंसात्मक गतिविधिबारे छलफल गर्ने बढे, हामी नेपालले भन्यो– तत्काल प्रतिबन्ध लगाउँछौँ


एबीसी न्यूज
२२ आश्विन २०८२, बुधबार   ४ : २१   बजे

काठमाडौं, २२ असोज । जेनजी प्रदर्शनमा विशेष भूमिका निर्वाह गरेको गैरसरकारी संस्था (एनजीओ) हामी नेपालले डिस्कर्ड सर्भरमा बम, विस्फोटक वा हिंसात्मक गतिविधिबारे छलफल गर्न खोज्ने व्यक्तिहरूको बढ्दो रिपोर्ट देखिएको बताएको छ । बुधबार हामी नेपालका संयोजक सुधन गुरुङले फेसबुकमार्फत शान्तिपूर्ण आन्दोलनका लागि बनाइएको सर्भरमा हिंसात्मक अभिव्यक्ति दिने काम भइरहेको बताएका छन् । “हामीले यो डिस्कर्ड सर्भरमा बम, विस्फोटक वा हिंसात्मक गतिविधिबारे छलफल गर्न खोज्ने व्यक्तिहरूको बढ्दो रिपोर्ट देखिरहेका छौँ,” हामी नेपालले भनेको छ, “यो सर्भर केवल शान्तिपूर्ण आन्दोलन र नेपाली नागरिकहरूलाई हाम्रो देशबारे छलफल गर्न एक साझा समुदाय बनाउनका लागि हो ।” हिंसा वा विस्फोटक पदार्थसँग सम्बन्धित कुनै पनि सामग्री जेनजीको आदर्श र आन्दोलनका सिद्धान्तविपरीत हुने हामी नेपालले स्पष्ट पारेको छ । “यस्ता सामग्री पोस्ट गर्ने व्यक्तिलाई तत्काल प्रतिबन्ध लगाइनेछ र तपाईंको खाता विवरणहरू तुरुन्तै सम्बन्धित अधिकारीहरूलाई पठाइनेछ,” हामी नेपालले भनेको छ । कसैले यस्तो सामग्री देखेमा प्रतिक्रिया नजनाउन हामी नेपालले अनुरोध गरेको छ । यस्तो देखेमा मोडरेसन टिमलाई रिपोर्ट गर्न पनि हामी नेपालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu