ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासको कब्जामा रहेका विपिनको नयाँ तस्बिर सार्वजनिक


एबीसी न्यूज
२२ आश्विन २०८२, बुधबार   ७ : ३७   बजे


काठमाडौं, २२ असोज । हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार यो तस्बिर इजरायली रक्षा बल (आडिएफ) ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो।

इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ तथा विभिन्न इजरायली सञ्चार संस्थाले जनाएअनुसार उक्त तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो।

यद्यपि, भिडियो भने सार्वजनिक गरिएको छैन। तस्बिरमा अपहरणमा परेको करिब एक महिनापछिको उनको अवस्था देख्न सकिन्छ।

यसअघि अपहरणकै दिन शिफा अस्पतालको एक सुरक्षा क्यामेरा फुटेजमा उनलाई देखिएको थियो। सोपछि उनको कुनै तस्बिर बाहिर आएको थिएन।

नयाँ तस्बिर सार्वजनिक भएसँगै लामो समयदेखि उनको अवस्थाबारे चिन्तित परिवार र शुभचिन्तकमा उनी जीवितै हुनसक्ने आशा पलाएको छ।

कञ्चनपुरका विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। ७ अक्टोबर २०२३ मा हमासले किबुत्ज अलुमिममा आक्रमण गर्दा उनलाई बन्धक बनाइएको थियो।

आक्रमणका क्रममा विपिनले हमासका लडाकुले फालेको ग्रेनेड बाहिर फालेर अरूको ज्यान बचाएको विवरणहरू समेत सार्वजनिक भएका थिए।

करिब दुई वर्षदेखि उनको अवस्था अज्ञात रहँदा परिवारले निरन्तर उनको सकुशल रिहाइका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group