ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध छौं, दलहरूले पनि आफूलाई सुधार्नुपर्छ: प्रधानमन्त्री कार्की


एबीसी न्यूज
२४ आश्विन २०८२, शुक्रबार   ७ : ०८   बजे

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री सुशिला कार्कीले सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध भएको बताएकी छन् । जेनजी आन्दोलनको एक महिनाको उपलक्ष्यमा सम्बोधन गर्दै उनले विगतमा सरकारहरुले युवाहरुको माग सम्बोधन नगरेको उल्लेख गरिन् ।

त्यस्तै, प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुले पनि आफूलाई सुधार्नुपर्नेमा जोड दिइन् । जेनजी आन्दोलन पछाडिका कारणलाई गम्भीरताका साथ लिनुपर्ने पनि उनले बताइन् । सम्बोधन क्रममा युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले सम्मान गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘एकातिर निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्कट प्रेम छ । उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरुले युवाहरुको आवाज सुन्न सकेनन् । उनीहरुको माग सम्बोधन गर्न सकेनन् । यसका लागि हामी सबै आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ ।

हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध छौं । हामी एउटा नयाँ मार्गमा अघि बढिरहेका छौं । यो मार्ग चुनाव पछि पनि निरन्तर कायम रहनुपर्छ । यसका लागि युवा सचेत हुन जरुरी छ । राजनीतिक दलहरुले आफूलाई सुधार गर्न पनि जरुरी छ । हामीले बाढी प्रभावितलाई विशेष व्यवस्था ल्याएका छौं । हामी शहीदहरुको बलिदानलाई खेर जान नदिने गरी कार्य गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu