ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपिन जोशी रिहाइ नजिकिए देखिए पनि उनको स्थिति अझै अज्ञात, नयाँ रिपोर्टमा २० बन्धक जीवित


एबीसी न्यूज
२४ आश्विन २०८२, शुक्रबार   ८ : २७   बजे

काठमाडौँ, २४ असोज । विपिन जोशी रिहाइ नजिकिए देखिए पनि उनको स्थिति अझै अज्ञात रहेको छ। अमेरिकाको पहलमा भएको इजरायल(हमासबिचको पहिलो चरणको युद्धविराम सम्झौताले जोशीसहित बाँकी बन्धकको मुक्तिको बाटो खोलेको हो।
उनी जीवित भएको आशासहित एक भिडियो समेत जारी भएको थियो। तर सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति अज्ञात रहेको भनिएको छ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्स अलुमिममा आक्रमण गर्दा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी हालसम्म बाँचिरहेको विश्वास गरिए पनि, ४८ बन्धकमध्ये २६ को मृत्यु पुष्टि भइसकेको र विपिनको अवस्था अज्ञात रहेको समाचारमा जनाइएको छ।

अज्ञात दुई जना

जल तथा कृषि अध्ययनका लागि इजरायलमा रहेका २४ वर्षीय विपिन जोशी हाल हमासको बन्दीगृहमा रहेका छन्। गत सेप्टेम्बर २१ मा हमासले उनको ुअलबिदा फोटो सार्वजनिक गरेको थियो, जसले उनी जीवित रहेको संकेत दिएको थियो। साथै इजरायली सेनाले २०२३ मा खिचिएको भिडियो फेला पारेको छ, जसमा विपिन बन्दी अवस्थामा देखिएका छन्।
तर यो भिडियो एक वर्ष पुरानो भएकोले हालको स्थिति स्पष्ट छैन। सीएनएनले विपिन र वर्षीय इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात भएको भन्दै इजरायली अधिकारीहरूले उनीहरूको जीवनप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताएको छ।

जीवित २० जना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको ुऐतिहासिक अवसरु को रूपमा प्रस्तुत गरेको यो सम्झौता अनुसार पहिलो चरणमा सोमबार जीवित २० बन्धक इजरायली रिहा हुनेछन्। यद्यपि विपिन जोशीसहित अन्य बन्धकको रिहाइमा ढिलाइ हुन सक्ने अनुमान छ। किनभने प्राथमिकता इजरायली नागरिकलाई दिइएको छ। यसअघि विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलसम्म पुगेर विपिन रिहाइको अभियान चलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group