काठमाडौं, २२ चैत । प्रहरीले ठगी कार्यमा संलग्न ४ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
नेपाली सेनालगायत सुरक्षा निकायमा जागिर लगाई दिने प्रलोभनमा पारी ठगी गर्दै आएका लम्जुङका २, तनहुका १ र कास्कीका १ जना गरी ४ जनालाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले ठगी कार्यमा संलग्न हुनेहरुमा लमजुङ चन्द्रश्वर नगरपालिकाका मोहन दुरा, लमजुङ दोरदी नगरपालिकाका पशुपति अधिकारी, तनहु व्यास नगरपालिकाका यमुना खड्का र कास्की रुपा गाउपालिकाका रमेश कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निजहरुले राष्ट्रिय अनुसन्धान विभागको सिपाहीका लागि प्रतिव्यक्ति २ लाख, नेपाली सेनाको सेकेन्ड लफ्टिनेन्टका लागि ७ लाख, शान्ति सेना पठाउने भनी २ लाख तथा विभिन्न देशहरुमा पठाइदिने भन्दै १ करोड १५ लाख ठगी गरी उठाएको पनि अनुसन्धानका क्रममा खुल्न आएको पनि प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले बताउनु भयो ।
त्यसमध्ये ठगी कार्यमा संलग्न यमुना खड्काले आफुलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजीपीको श्रीमती हु“ भनि चिनाउने गरेको पनि खुलासा भएको छ । निजहरुबाट अन्य व्यक्तिहरु पनि ठगिएको पहिचान भईसकेकाले खोजी कार्य जारी राखिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्