ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक


एबीसी न्यूज
२ मंसिर २०८२, मंगलबार   ७ : ३६   बजे

काठमाडौं, २ मंसिर । मुग्लिन–पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ।
मुग्लिन–पोखरा राजमार्ग अन्तर्गत सुधार योजना अन्तर्गतको पश्चिम खण्डमा १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो। सासेक मुग्लिन पोखरा राजमार्ग सुधार चरण एक योजना अन्तर्गत मङ्सिर २ गतेदेखि ११ गतेसम्म दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म पूर्ण तथा आवश्यकताका आधारमा आंशिक रूपमा सडक बन्द हुने छ।योजना प्रमुख कृष्ण बहादुर कुँवरका अनुसार मुग्लिन(पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ। पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको छ। विजयपुरमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि निर्माणाधीन पुलमा ‘लन्चिङ’ गर्ने प्रयोजनको लागि निर्माण व्यवसायी तथा परामर्शदाताबाट ‘ट्राफिक’ व्यवस्थापनको अनुरोध भएपछि सडक बन्द गर्नुपरेको योजना प्रमुख कुँवरले बताए।पुल निर्माणको लागि १५ ओटा ‘गर्डर कास्टिङ’ भइसकेको र उक्त ‘गर्डर’हरूलाई निर्माणाधीन पुलमा राख्ने क्रममा अति संवेदनशील अवस्था आउने उनको भनाइ छ। संवेदनशील काम भएकोले रातको समयमा सुरक्षा संवेदनशीलता झनै बढ्ने भएकोले दिनको समयमा नै काम गर्नुपर्ने बाध्यताले सडक बन्द गर्नुपरेको हो। पोखरादेखि विजयपुर हुँदै ताल चोक जाने र सोही ‘रुट’ हुँदै आउने सवारीहरूलाई रोक्न लागिएको छ। तर अवस्था हेरेर प्रत्येक आधा घण्टामा ‘लाइन’ लागेको ‘ट्राफिक’लाई खुलाउँदै लैजान सकिने सडक योजनाले बताएको छ।बाटो बन्द रहने समयमा वैकल्पिक बाटाको रूपमा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे निस्कने र सोही रुट हुँदै जाने बाटो प्रयोग गर्न सक्नेछन्। ठुला सवारीसाधनको लागि पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा छिर्न सजिलो हुने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group