ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाकु र पुष्टकारी बनाउन भ्याइनभ्याइः बजारमा मूल्य नपाएको गुनासो


एबीसी न्यूज
३० पुस २०८२, बुधबार   १ : २५   बजे

काठमाडौं, ३० पुस । माघे संक्रान्ति नेपालीहरुको घरआँगनमा आएसँगै यतिबेला चाकु, पुष्टकारी खुवासहितका स्थानीय रैथाने मिठाइहरुको माग ह्वात्तै बढेको छ ।

माग बढेसँगै माघे संक्रान्तिलाई लक्षित गरेर अहिले चाकुसहित त्यस्ता मिठाइहरु बनाउन भ्याइ नभ्याइ छ । चाकु, पुष्टकारीसहितका मिठाइहरु अरु बेलामा पनि उत्पादन हुने गरेपनि खासगरी माघेसंक्रान्तिमा धेरै मागसँगै विक्री हुने गरेको छ । माग बढ्दा उद्योगी व्यवसायीहरुलाई चाकु, पुष्टकारी सहितका मिठाइहरु बनाउन भ्याइनभ्याइ छ । खासगरी काठमाडौंको टोखास्थित न्हुछे टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठले टोखा क्षेत्रमा अहिले चाकुसहितका यस्ता मिठाइ बनाउन भ्याइ नभ्याइ रहेको बताए ।

उत्पादन गरेका मिठाइहरु राजधानीसहित देश विदेशसम्मै विक्री हुने गरेको उद्योगी श्रेष्ठ बताए । टोखा चाकु उद्योगका सञ्चालक श्रेष्ठ चाकु पुष्टकारीहरुको माग अत्याधिक रहेको र धान्न कठिन भइरहेको बताए । टोखा चाकु उद्योगका सञ्चालक श्रेष्ठले भन्नुभयो–‘चाकु उत्पादन पोहोर सालभन्दा बढी उत्पादन गरिरहेका छौँ । प्रत्येक वर्ष उत्पादन बढिरहेको छ । ५० किलोको ७–८ सय बोरा उत्पादन गरियो । बाउ बाजेको पालादेखि चाकु उत्पादन गर्ने गरिएको थियो । खुबा चाकुलाई धेरै रुचाउने गरिएको छ । राम्रो सफा सख्खबाट बनाएकाले चाकुसहित पुस्टकारीहरु पनि रुचाउने गरेका छन् । उत्पादित चाकु विदेशतिर पनि जाने गरेको छ । चाकु किलोको १५० रुपैँया सम्ममा बेच्ने गरिएको छ ।

चाकुको व्यापार माघमा मात्रै नभइ अरु बेला पनि हुने गरेको छ । यद्यपी वर्षभरीमा माघलाई धेरै लक्षित गरेर चाकु उत्पादन गर्ने गरिएको छ । मागअनुसार उत्पादन गर्न गाह्रो परिरहेको छ । स्थानीय उत्पादन खुवा, चाकुलाई सरकारले खासै वास्ता गरेको छैन । मौलिक हिसाबले बनाइएको छ । चाकु पहिले हातले बनाउने गरेकोमा अहिले हात–मेसिन दुवैबाट बनाइने गरिएको छ ।’ मर्हजनका अनुसार चाकु बनाउँदै गर्दा बजारमा राम्रो मूल्य पाउन भने सकेको छैन । सख्खर पोहोर साल भन्दा बोरोमा ७/८ सय बढेर आएको छ । यसले उद्योगहरुलाई फाइदा छैन । उखु खेती गर्ने किसानहरुलाई राम्रो फाइदा भएको उन बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu