ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’


एबीसी न्यूज
३० पुस २०८२, बुधबार   ४ : ३४   बजे

काठमाडौं, ३० पुस : नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेतालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि दुवै महामन्त्रीहरूले कडा प्रतिक्रिया दिएका छन्। उनीहरूले विशेष महाधिवेशनप्रति पूर्ण दृढता व्यक्त गर्दै पार्टीको सही नेतृत्व र दिशा यसैबाट आउने दाबी गरेका छन्।

कारबाही घोषणा भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महामन्त्री विश्वप्रकाश शर्माले भने, “मेरो प्रतिक्रिया केवल यत्ति छ– कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दुवै दृढ छौं। विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ।”

शर्माले सहमतिका लागि प्रस्तुत गरिएका ८ बुँदा उल्लेख गर्दै प्रश्न गरे, “कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ ?” उनले प्रस्तुत गरेका मुख्य बुँदाहरू यस प्रकार छन् :

  1. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
  2. विशेष महाधिवेशनले पारित प्रस्तावहरू परिमार्जनसहित कार्यान्वयन गर्ने
  3. सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने
  4. उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
  5. उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
  6. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
  7. कुनै पनि दलसँग गठबन्धन नगरी नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने
  8. नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने र यी सबै कार्य समन्वय तथा कार्यान्वयनका लागि ५ सदस्यीय संरचना गठन गर्ने (कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेता)

यी बुँदामा सहमति हुन नसकेपछि देउवा पक्षले कारबाही गरेको हो।

गगन थापाको भावुक प्रतिक्रिया

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले भने, “मैले उहाँलाई कुरा बुझाउनै सकिनँ। म त अहिले महामन्त्री छु। विश्वप्रकाश शर्मा महामन्त्री हुनुहुन्छ। हामीहरू त्यसै पार्टीको संसदीय समितिभित्र छौं। हामीले चुनाव लड्ने भन्दा साथीहरूले मेरो क्षेत्रमा चुनाव लड्दे भनेर बोलाएकै छन्। माया गरेकै छन्। हाम्रोबारेमा चिन्ता हो र ?”

उनले थपे, “हाम्रोबारेमा चिन्ता नै होइन। हामी त जोखिम उठाउन खोज्दैछौं।” थापाले देउवाले आज बिहान पनि “वैशाखमा नियमित महाधिवेशन हुन्छ र त्यही बेलामा सभापति बन्नू” भनेको उल्लेख गर्दै भने, “अब हामी अल्मलिनुपर्ने अवस्था रहेन। विशेष महाधिवेशनको मनोनयन सकियो, नामावली सार्वजनिक हुँदैछ।”

पार्टी फुटको जोखिम उच्च

देउवा पक्षले निर्वाचन आयोगमा पत्र बुझाउँदै विशेष महाधिवेशन ‘आयोजना नै नभएको’ दाबी गरेको छ भने विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व निर्वाचित भएपछि आयोगमा जानकारी गराउने योजना बनाएको छ। सभापति पदमा गगन थापाको एकल उम्मेदवारी दर्ता भएको छ।

कारबाही घोषणा गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल बनेका थिए। उनले भनेका थिए, “यतिधेरै गर्दा पनि नमान्दा पूर्वनिर्धारित योजना रहेछ, पार्टी बचाउन सकिनँ।”

चैतमा हुने संसदीय निर्वाचनको मुखमा यो संकटले कांग्रेसको एकता र चुनावी प्रदर्शनमा गम्भीर असर पार्न सक्छ। दुवै पक्षबीच अन्तिम वार्ताको सम्भावना कमजोर छ। निर्वाचन आयोगको निर्णय र कानुनी प्रक्रियाले पार्टीको आधिकारिकता निर्धारण गर्नेछ।

विश्लेषकहरूका अनुसार, यो आन्तरिक द्वन्द्वले नेपाली कांग्रेसलाई दीर्घकालीन रूपमा कमजोर बनाउन सक्छ र राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्नेछ। दुवै पक्षलाई जिम्मेवार बन्न र एकताको लागि अन्तिम प्रयास गर्नुपर्ने दबाब बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group