काठमाडौं, २३ चैत । नेपाली काग्र्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादीका कारण नै मुलुकको वित्तीय व्यवस्था सन्तोषजनक अवस्थामा नभएको बताउनुभएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौ राष्ट्रिय महाधिवशेनको शुक्रबार काठमाडौमा उद्घाटन गर्दै देउवाले आफुले आठ महिनामात्र सरकार चलाएको भन्दै अर्थ व्यवस्था बिग्रनुमा आफ्नो दोष नरहेको बताउनुभयो ।
श्वेतपत्रमा बर्तमान सरकारले काग्रेसलाई झुटो आरोप लगाएको भन्दै देउवाले कम्युनिष्टले आफ्नो गल्ती लुकाउन खोजेको बताउनुभयो । उहाले मुलुकलाइ सहि दिशामा ल्याउन आफ्नो लडाई जारी रहने स्पष्ट पार्नुभयो । उहाले सार्वजनिक सेवा लगायतका क्षेत्रमा सरकारले हस्तक्षेप गर्न खोजे सदन र सदन बाहिरबाट सघर्ष गर्ने चेतावनी दिनुभयो ।
मुलुकमा प्रजातन्त्र स्थायी रुपमा स्थापीत गराउन काग्रेस जस्तौसुकै बलिदान दिन पनि तयार रहको उहाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्