ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ–५ मा शिवकुमार मण्डलदेखि काठमाडौं–५ सम्म दर्ता भए उम्मेदवारी, रास्वपाको कास्कीमा उत्साहजनक प्रदर्शन


एबीसी न्यूज
६ माघ २०८२, मंगलबार   १२ : ५२   बजे

काठमाडौं/विराटनगर/पोखरा, ६ माघ २०८२ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चलेको उम्मेदवारी दर्ता प्रक्रियामा देशभरका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । मोरङ क्षेत्र नम्बर ५ देखि काठमाडौं र कास्कीका क्षेत्रहरूमा मुख्य दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति देखिएको छ ।

मोरङ–५ : नेकपाका शिवकुमार मण्डलको उम्मेदवारी दर्ता

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शिवकुमार मण्डल (केबट) ले उम्मेदवारी दर्ता गराएका छन् । मण्डल मंगलबार अपराह्न नेकपाका नेता कार्यकर्तासहित विराटनगरस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगी मण्डल विजयी भएका थिए । यसपटक नेकपाले शिवकुमार मण्डललाई अघि सारेर क्षेत्रमा आफ्नो प्रभाव फर्काउने प्रयास गरेको देखिन्छ । कांग्रेसबाट फुलकुमार लालबानी र एमालेबाट मनोज अग्रवाल उम्मेदवार छन् । मण्डलको उम्मेदवारीले क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

काठमाडौं–३ : रास्वपाका राजनाथ पाण्डेको उम्मेदवारी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजनाथ पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान पार्टी कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।

पाण्डेका प्रस्तावक रास्वपा काठमाडौं क्षेत्र नम्बर ३ सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन् । यो क्षेत्रमा पाण्डेभन्दा अघि प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा, मंगल नेशनल र अन्य तीन स्वतन्त्र उम्मेदवारहरूले पनि दर्ता गराइसकेका छन् । काठमाडौं–३ मा कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी) लगायत अन्य उम्मेदवारहरू पनि दर्ता हुँदैछन् ।

काठमाडौं–५ : उज्यालो नेपाल पार्टीबाट श्री गुरुङको उम्मेदवारी

काठमाडौं क्षेत्र नम्बर ५ बाट उज्यालो नेपाल पार्टीका श्री गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन् । यो क्षेत्रमा कमल थापा (राप्रपा), प्रदीप पौडेल (कांग्रेस) र ईश्वर पोखरेल (एमाले) जस्ता हेभिवेट उम्मेदवारहरू छन् । श्री गुरुङको उम्मेदवारीले क्षेत्रमा थप विविधता थपेको छ ।

भक्तपुर–२ : एमालेबाट महेश बस्नेतको उम्मेदवारी

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।

बस्नेतका प्रस्तावक एमाले भक्तपुर अध्यक्ष बचन देउजा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् । यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार श्यामकृष्ण धुख्वा र मधु प्रकाश साहुखलले पनि अघि नै दर्ता गराइसकेका छन् । रास्वपाका राजीव खत्री र कांग्रेसका कबिर राणा लगायतले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।

कास्कीमा रास्वपाको उत्साह : तीनै क्षेत्रमा दर्ता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका तीनै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएको छ । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर रास्वपाका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका हुन् ।

  • क्षेत्र नम्बर १ : खड्कराज पौडेल (अघि गनेस पौडेलको नाम चर्चामा थियो, तर अन्तिम समयमा खड्कराजलाई उतारिएको ।)
  • क्षेत्र नम्बर २ : उत्तम पौडेल
  • क्षेत्र नम्बर ३ : बिना गुरुङ (घण्टी चिन्हबाट)

कास्कीका तीनै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू समर्थकहरूको ठूलो र्‍यालीसहित मनोनयन दर्ता गर्न पुगेका थिए । यो उत्साहले रास्वपाले गण्डकी प्रदेशमा आफ्नो प्रभाव बढाउने प्रयास गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu