ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापाविरुद्धको मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


एबीसी न्यूज
६ माघ २०८२, मंगलबार   ४ : ४२   बजे

काठमाडौं माघ ६ : नेपाली कांग्रेसका सभापति गगन थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मंगलबार अन्तरिम आदेश नदिने निर्णय गरेको हो।

यस निर्णयसँगै कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले पार्टीको कामकाज यथावत् रूपमा सञ्चालन गर्न पाउने अवस्था कायम भएको छ। साथै, निर्वाचन आयोगले दिएको मान्यतामाथि तत्काल कुनै कानुनी अवरोध नआएको अदालतको आदेशले स्पष्ट पारेको छ।

कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो। उक्त कार्यसमितिलाई निर्वाचन आयोगले कानुनी मान्यता दिएसँगै थापा औपचारिक रूपमा पार्टी सभापतिका रूपमा क्रियाशील भएका थिए। तर, यही निर्णयलाई चुनौती दिँदै कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्व सभापति शेरबहादुर देउवाले माघ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिट निवेदनमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको छ। साथै, विशेष महाधिवेशनको वैधता र त्यसबाट बनेको नेतृत्व संरचनामाथि प्रश्न उठाउँदै हाल सञ्चालनमा रहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता प्रक्रिया समेत रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो।

रिटमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ। निवेदक पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको र त्यसका आधारमा आयोगले दिएको मान्यता गैरकानुनी रहेको दाबी गरेको छ।

यद्यपि, प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा थप निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाउने जनाएको छ। यससँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म हाल कायम रहेको अवस्था यथावत् रहने देखिएको छ।

राजनीतिक रूपमा महत्वपूर्ण मानिएको यस मुद्दालाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलन, आगामी निर्वाचन रणनीति र नेतृत्व वैधतासँग जोडेर हेरिएको छ। सर्वोच्चको पछिल्लो आदेशले तत्कालका लागि गगन थापाको नेतृत्वलाई कानुनी राहत दिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group