काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले उपत्यकामा भइरहेको सडक विस्तारको विरोधमा शुक्रबार काठमाडौमा प्रदर्शन गरेको छ ।
सडक विस्तारको विरोधमा यसअघि नया बानेश्वरमा भएको हस्क्षेपको विरुद्ध पनि समितिले प्रर्दशन गरेको हो । काठमाडौको असनबाट सुरु भएको विरोध र्यालीले बिभिन्न स्थानको परिक्रम गरेको थियो ।
त्यस्तै विरोधमा सहभागीहरुले काठमाण्डौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीको अभिव्यक्तीको पनि विरोध गरेका छन् । तिवारीले काठमाडौमा कोहिपनि आदिवासी नरहेको धारणा राखेको भन्दै उनीहरु आक्रोशित छन् ।
परम्परागत, सांस्कृतिक धरोहरलाई भत्काएर विकासका नाममा आफूहरुलाई लखेट्न खोजिएको भन्दै समितिले लामोसमयदेखि आन्दोलन गर्दे आएको छ ।
प्रतिक्रिया दिनुहोस्