ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ–२ : भीड धेरै, तर जितको लडाइँ सीमित हातमा


एबीसी न्यूज
१२ माघ २०८२, सोमबार   ८ : १८   बजे

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ–२ मा उम्मेदवारको संख्या हेर्दा प्रतिस्पर्धा चर्को देखिन्छ। २८ जनाले उम्मेदवारी दिएका छन्—१६ दलगत र १२ स्वतन्त्र। तर, मतदाताको ध्यान र चुनावी बहस हेर्दा वास्तविक प्रतिस्पर्धा भने केही सीमित दल र अनुहारमै केन्द्रित देखिन्छ।

काठमाडौँ महानगरका वडा ३२ र ९, कागेश्वरी–मनहरा नगरपालिकाका ४ देखि ९ वडासम्म र शंखरापुर नगरपालिकाका सबै वडा समेटिएको काठमाडौँ–२ भौगोलिक रूपमा मात्र होइन, राजनीतिक रूपमा पनि सधैँ चासोको केन्द्रमा रहँदै आएको क्षेत्र हो। ८८ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्र बागमती–मनोहरा दोभानदेखि तीन जिल्लाको सिमानासम्म फैलिएको छ।

एमाले : ‘विरासत फर्काउने’ अन्तिम मौका?

एमालेबाट उम्मेदवार बनेका मणिराम फुयालका लागि यो चुनाव केवल प्रतिस्पर्धा होइन, विरासत पुनःस्थापना गर्ने संघर्ष हो। पार्टी विभाजनअघि एमालेको पकड बलियो मानिएको काठमाडौँ–२ मा २०७९ मा फुयाल दोस्रोमा सीमित भए। विभाजनकै फाइदा उठाउँदै रास्वपाकी सोविता गौतम विजयी भएकी थिइन्।

दुई दशकभन्दा बढी समय शिक्षण पेशा र सक्रिय राजनीतिमा बिताएका फुयाल यसपटक ‘लो प्रोफाइल, स्थिर छवि’ लाई बलियो बनाउँदै मतदातालाई पुनः आकर्षित गर्ने प्रयासमा छन्। एमालेका लागि यो क्षेत्र गुमाउनु राजनीतिक रूपमा महँगो सावित हुँदै आएको छ, त्यसैले फुयालको उम्मेदवारीलाई पार्टीले प्रतिष्ठाको प्रश्नका रूपमा लिएको देखिन्छ।

कांग्रेस : संगठन बलियो, इतिहास कमजोर

कांग्रेसले क्षेत्रीय सभापति कविर शर्मालाई उम्मेदवार बनाउँदै दीर्घकालीन रणनीतिमा चुनाव लडिरहेको संकेत दिएको छ। स्थानीय तहमा संगठन सुदृढ भए पनि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको इतिहास काठमाडौँ–२ मा उत्साहजनक छैन।

युवा पुस्तामाझ परिचित, शिक्षा क्षेत्रमा लगानी गरेका शर्मालाई कांग्रेसले ‘भविष्यको लगानी’ का रूपमा अघि सारेको विश्लेषण गरिँदैछ। अघिल्लो चुनावमा गठबन्धनका कारण आफ्ना मतदातालाई रुखमा भोट हाल्न नपाएको असन्तुष्टि यसपटक कांग्रेसको मनोबलका रूपमा देखिएको छ।

नेकपा : संगठनको मत जोडेर ‘सरप्राइज’ दिने दाउ

माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेकपाले नितेश पौडेललाई उम्मेदवार बनाएर स्थानीय परिचय र संगठनात्मक मत लाई जोड्ने रणनीति लिएको छ। पूर्वप्रधानमन्त्री माधव नेपालको सचिवालय अनुभव बोकेका पौडेल विकास निर्माणका सवालमा सक्रिय देखिँदै आएका छन्।

नेकपाको स्थायी मतमा व्यक्तिगत लोकप्रियता थप्न सके चुनावी परिणाम उल्ट्याउन सकिने आकलनसहित पौडेल मैदानमा छन्।

रास्वपा र राप्रपा : लोकप्रियताको परीक्षा

रास्वपाबाट उम्मेदवार सुनिल केसीका लागि यो चुनाव २०७९ को पुनरावृत्ति सम्भव छ कि छैन भन्ने परीक्षा हो। अघिल्लोपटक सोविता गौतमले पाएको लोकप्रिय मत नै रास्वपाको आत्मविश्वास हो।

उता, राप्रपाकी कुन्ती पोखरेल लगातार सामाजिक उपस्थितिका कारण मतदातामाझ परिचित अनुहार हुन्। अघिल्लो चुनावमा तेस्रो भएकी उनी यसपटक परिचयलाई मतमा बदल्ने प्रयासमा छिन्।

मतदाताको निर्णयले तोक्ने दिशा

काठमाडौँ–२ मा उम्मेदवार धेरै भए पनि चुनावी दिशा भने एमाले, कांग्रेस, नेकपा, रास्वपा र राप्रपा वरिपरि घुमिरहेको छ। पार्टी विभाजन, गठबन्धनको असर, स्थानीय संगठन र व्यक्तिगत लोकप्रियताको समिश्रणले यस क्षेत्रको नतिजा निर्धारण गर्नेछ।

अन्ततः काठमाडौँ–२ का मतदाताले विरासत, विकल्प कि प्रयोग—के रोज्छन् भन्ने प्रश्नको उत्तर फागुन २१ गते आउनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu