ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप क्रिकेटमा अमेरिकाले नेदरल्यान्ड्सलाई र युएईले क्यानडालाई हरायो


एबीसी न्यूज
२ फाल्गुन २०८२, शनिबार   ८ : ०१   बजे

काठमाडौं, २ फागुन । आईसीसी टी–२० विश्वकप क्रिकेटमा हिजो भएका खेलमा अमेरिका, युएई र जिम्बावे विजयी भएका छन् ।

चेन्नाईमा गएराति सम्पन्न समूह ‘ए’ को खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले हराएको हो । जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सको भने यो दोस्रो हार हो । दुवै टोलीले समान ३ खेल खेलका छन् । जितका लागि १ सय ९७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स १५.५ ओभरमा एक सय ३ रनमा अलआउट भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । त्यसअघि हिजो दिउँसो भएको खेलमा यूएईले क्यानडालाई ५ विकेटले पराजित गर्यो । क्यानडाले दिएको एक सय ५१ रनको लक्ष्य यूएईले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

दिल्लीमा टस जितेर ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर एक सय ५० रन बनाएको थियो । त्यस्तै हिजोको पहिलो खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा जिम्बावेले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा एक सय ४६ रन बनाउँदा सबै विकेट गुमायो ।

अस्ट्रेलियाले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो । भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकप क्रिकेटमा आज तीन वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा बिहान सवा ११ बजे आयरल्याण्ड र ओमानबीच खेल हुँदैछ । त्यस्तै दिउँसो सवा ३ बजे इंग्ल्यान्ड र स्कटल्याण्ड तथा बेलुका सवा ७ बजे न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।

नेपालले आफ्नो तेस्रो खेल भोलि बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग खेल्नेछ । यसअघि नेपाल इंग्ल्यान्ड र इटालीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu