ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’


एबीसी न्यूज
४ फाल्गुन २०८२, सोमबार   ५ : ४५   बजे

काठमाडौं, ४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले राम्रा काम गर्न थाल्नेबित्तिकै देशभित्र र बाहिरका शक्तिले हटाइहाल्ने गरेको बताएका छन् ।
सोमबार आफ्नो चुनावी क्षेत्र झापा–५ मा घरदैलो गर्ने क्रममा ओलीले त्यही कारण आफूले एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री बन्नुपरेको बताए ।

आफ्ना विरोधीहरूले देशभक्ति र राम्रो काम गर्दा सहन नसकेको ओलीको भनाइ छ । ‘अलिकति काम गरेपछि सहनै सक्दैनन्, भत्काइहाल्छन् । देशभक्तिको काम गर्नै दिँदैनन् । देशको हितमा, देश विकास गर्ने काम गर्नै दिँदैनन्’, ओलीले भने, ‘विकास गर्नका लागि ठ्याक्क उभिएर हुँदैन । पाइला अगाडि सार्नुपर्छ । मैले रेल फेरि शुरू किन गर्न खोजेँ ? किन पानीजहाजको बाटोबाट सम्बन्ध जोड्ने भनेँ ? त्यसका निम्ति काम हुँदै थियो तर त्यो मैले शुरू गर्छु, फेरि सरकार भत्काउँछन् । फेरि शुरू गर्छु, फेरि भत्काउँछन् । एक कार्यकाल पूरा गर्न चारपल्ट प्रधानमन्त्री हुनुपर्‍यो ।’ ओलीले झापा–५ मा औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र र देश बाहिरका अनेक शक्ति लागेको ओलीको टिप्पणी छ । उनले दमकमा आफ्नो पहलमा बनेको भ्यूटावर नभएर बिजनेस कम्प्लेक्स रहेको समेत बताए ।‘भ्यूटावर भन्छन् ।

यो वास्तवमा भ्यूटावर नै होइन । यो एउटा बिजनेस कम्प्लेक्स हो । नयाँ खालको आईटी हबको रूपमा यसलाई विकास गर्ने सोचअनुसार अगाडि बढाएका हौं’, ओलीले भने, ‘त्यो कुरा चाहिँ नबुझ्ने मान्छेहरूले किन चाहियो भन्छन् । यो एकजना परिवार वा म गएर बसोबास गर्न बनाएको त होइन नि , यो ठाउँको विकास गर्नलाई बनाएको हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group