ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ


एबीसी न्यूज
५ फाल्गुन २०८२, मंगलबार   ५ : ५०   बजे

काठमाडौं, ५ फागुन । बंगलादेशमा ऐतिहासिक राजनीतिक परिवर्तनसँगै तारिक रहमानले मंगलबार नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। बंगलादेश नेशनल पार्टी (बीएनपी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री स्वर्गीय खालिदा जियाका छोरा तारिक रहमान बंगलादेशका ११औं प्रधानमन्त्री बनेका हुन्।ढाकास्थित संसद भवनको साउथ प्लाजामा अपराह्न ४ बजे आयोजित समारोहमा राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तारिक रहमानलाई शपथ गराए। सो अवसरमा नयाँ मन्त्रिपरिषद्‌का सदस्यहरूले पनि शपथ लिएका छन्। आम निर्वाचनमा शानदार जित हात पार्दै तारिक रहमानले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनूसको स्थान सम्हालेका हुन्।तारिकको क्याबिनेटमा डा. खलीलुर रहमान ९परराष्ट्र०, सलाहुद्दीन अहमद ९गृह०, डा। अमीर खसरू महमूद (अर्थ तथा योजना) र शमा ओबैद (परराष्ट्र राज्यमन्त्री) बनेका छन्। शपथ ग्रहण समारोहमा विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति थियो। शपथअघि बिहान ११ः३० बजे बसेको संसदीय दलको बैठकले औपचारिक रूपमा तारिक रहमानलाई संसदीय दलको नेता चयन गरेको थियो। उनले विपक्षी दलका नेताहरूसँग पनि भेटवार्ता गरेका छन्।
हालै सम्पन्न निर्वाचनमा बीएनपीले २९७ सिटमध्ये २०९ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। जमात(ए(इस्लामी ६८ सिटमा सीमित भएको छ। यस निर्वाचनमा शेख हसीनाको अवामी लीगलाई प्रतिस्पर्धा गर्न अनुमति दिइएको थिएन। १२ फेब्रुअरीमा भएको मतदानपछि अल्पसंख्यक समुदायबाट चार जना सांसद निर्वाचित भएका छन्, जसमा दुई जना हिन्दू समुदायका बीएनपी उम्मेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group