ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपामा उपसभापति र महामन्त्रीको पद रिक्त, बालेन समूहको नामको प्रतीक्षा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शुक्रबार सात जना पदाधिकारी मनोनयन गरे पनि उपसभापति र महामन्त्री पद भने रिक्त राखेका छन्।

पार्टीको केन्द्रीय समिति बैठकले विभाग प्रमुख, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। तर, महत्वपूर्ण मानिएका उपसभापति र महामन्त्री पदमा भने तत्काल निर्णय हुन सकेन।

रास्वपा नेताहरूका अनुसार यी दुवै पदमा प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पक्षबाट नाम प्रस्ताव हुन बाँकी रहेकाले मनोनयन रोकिएको हो। सभापति लामिछाने बालेन पक्षबाट आउने नामको प्रतीक्षामा रहेको उनीहरूको भनाइ छ।

रास्वपाभित्र पार्टी र सरकारबीच समन्वयका लागि उपसभापति र महामन्त्री पदमा बालेन पक्षका नेताहरूलाई जिम्मेवारी दिने पूर्वसहमति रहेको बताइएको छ।

उपसभापतिमा लम्साल र गुरुङको दाबी

उपसभापति पदका लागि सुनिल लम्साललाई अघि सार्ने बालेनको चाहना रहेको बताइएको छ। तर, गृहमन्त्री सुधन गुरुङले पनि सोही पदमा दाबी गरेका छन्।

पार्टीका पछिल्ला गतिविधिमा सभापति लामिछाने र प्रधानमन्त्री बालेनसँग समन्वय गरेर काम गरेको भन्दै गुरुङले पनि आफूलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने धारणा राख्दै आएका छन्।

त्यस्तै, महामन्त्री पदमा भूपदेव शाहलाई अघि बढाउने तयारी रहेको बताइएको छ। तर, सुदीप ढकाल पनि महामन्त्रीका दाबेदार छन्।

शुक्रबार गुरुङ, लम्साल र भूपदेव शाह केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

रास्वपा महामन्त्री विपिन आचार्यले उपसभापति, महामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी रहेको जानकारी दिए।

‘बिस्तारै चरणबद्ध ढंगले अघि बढ्दै जाने हो,’ उनले भने, ‘अस्ति हामीले वरिष्ठ नेता मनोनीत गर्‍यौँ, आज सात जना पदाधिकारी मनोनयन गर्‍यौँ। विभाग प्रमुख, सचिवालय र केन्द्रीय सदस्य पनि मनोनयन गरिसक्यौँ।’

चरणबद्ध रूपमा मनोनयन गर्ने तयारी

धेरै नेताको दाबीका कारण मनोनयन प्रक्रिया रोकिएको भन्ने चर्चामा सत्यता नरहेको महामन्त्री आचार्यले बताए।

‘स्वाभाविक प्रक्रियामा अस्ति केही, आज केही, अब फेरि केही मनोनयन हामी गर्दै जान्छौँ,’ उनले भने, ‘यसलाई एकैपटक गर्नुभन्दा पनि चरणबद्ध रूपमा गर्ने भन्ने छ।’

रास्वपाले असार ७ देखि १२ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गरेको थियो। महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यस्तै, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएका थिए।

रास्वपा विधानअनुसार केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ। सभापतिलाई १२ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ।

महामन्त्री आचार्यले विधानले दिएको अधिकारअनुसार आवश्यकताअनुसार चरणबद्ध रूपमा मनोनयन गर्दै जाने बताए।

बालेन बैठकमा अनुपस्थित

पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह भने शुक्रबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन्। साउन १३ गते वरिष्ठ नेता मनोनीत भएपछि यो उनको पहिलो केन्द्रीय समिति बैठक हुने अपेक्षा गरिएको थियो। तर, उनी शुक्रबार बिहानै स्थलमार्ग हुँदै पोखरा पुगेका छन्।

बालेन समूहका लागि भनेर राखिएका दुई महत्वपूर्ण पदमा समेत शुक्रबार निर्णय हुन सकेन।

यद्यपि, महामन्त्री आचार्यले वरिष्ठ नेताको बैठकमा उपस्थिति अनिवार्य नभएको बताए।

‘केन्द्रीय समिति सदस्यभन्दा पनि वरिष्ठ नेता आमन्त्रितका रूपमा हुन्छ। उहाँ आउनुपर्ने नआएको भन्ने होइन,’ उनले भने, ‘केन्द्रीय सदस्यका लागि जसरी बैठकमा उपस्थिति बाध्यकारी हुन्छ, वरिष्ठ नेतालाई त्यो छैन।’

रास्वपाभित्र पार्टी संगठन र सरकारबीचको समन्वयमा यी दुई पदलाई महत्वपूर्ण मानिएको छ। त्यसैले उपसभापति र महामन्त्रीमा हुने मनोनयनलाई पार्टीभित्र लामिछाने र बालेनबीचको शक्ति सन्तुलनसँग जोडेर समेत हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Top Official Linked to Expanding Corruption Investigation

Ukrainian Soldiers Defect To Fight With Russian Forces

Jannik Sinner Withdraws From US Open Due to Knee Injury

Ukraine Sanctions Popular Russian Cartoon ‘Masha and the Bear’

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu